काठमाडौँ । चीनको राष्ट्रिय जनकांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओजी नेपाल भ्रमणमा काठमाडौँ आइपुगेका छन् ।
Advertisement
उनी सगरमाथा संवादमा सहभागी चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।
उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।
सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म हुँदैछ । रासस