भरतपुर । मिर्गौलापीडित नगेन्द्र थापालाई कोरिया नेपाली एकता समाजले दुई लाख ७६ हजार रुपियाँ सहयोग गरेको छ ।
बागलुङ जैमिनी नगरपालिका–१० निवासी थापालाई राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य राजेन्द्र ढुङ्गानाको हातबाट २०८२ वैशाख ३० गते मङ्गलबार चितवनमा सो सहयोग हस्तान्तरण गरिएको हो ।
सहयोग रकम सङ्कलन गर्नमा कोरिया एकता समाजका जीवलाल शर्मा, पूर्ण पुन, धनबहादुर थापा, ऋषि पौडेल, शान्ता घर्ती, रेशम पुन, टिका नेपाली, करुण पौडेल, जितबहादुर विकसमेतको सक्रियता रहेको एकता समाजले जनाएको छ ।
बरेङबजारमा इँटा उत्पादनमा संलग्न हुँदै आएका थापाको दुवै मिर्गौला फेल भएपछि पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार गराइरहनुभएको राजमो नेता ढुङ्गानाले जानकारी दिनुभयो ।
थापाको मिर्गौला प्रत्यारोपण आगामी जेठ ९ गते हुने भएको छ । पीडित थापालाई आफ्नै बुबाले मिर्गौला दान गर्नुहुने भएको छ ।
