तमघासबजार । गुल्मी जिल्लाको मदाने गाउँपालिकामा प्रतिगामी खतराको विरुद्धमा सभा सम्पन्न भएको छ ।
Advertisement
राजमो मदाने पालिका समितिको आयोजनामा २०८२ वैशाख २६ गते शुक्रबार सो कार्यक्रम सम्पन्न भएको हो ।
‘प्रतिगामी खतराको विरुद्ध सङ्घर्ष गरौँ, गणतन्त्रको रक्षा गरौँ’ मूल नाराका सम्पन्न उक्त सभालाई राजमो लुम्बिनी प्रदेश समितिका सदस्य रामेश्वर खत्रीले प्रमुख अतिथिको रूपमा मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा राजमो गुल्मीका जिल्ला सदस्य सूर्य थापा र राजमो मदाने पालिका समितिका सदस्य चन्द्रप्रकाश भट्टराईले पनि मन्तव्य राख्नुभएको थियो ।
चिन्तामणि भट्टराईको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रमको सहजीकरण विकले गर्नुभएको थियो ।
