काठमाडौँ । भारतबाट फर्किँदै गरेका एक नेपाली गाडीभित्रै मृत फेला परेका छन्। गोर्खाको गण्डकी गाउँपालिका फुजेलका ४६ वर्षीय चेतबहादुर पन्त भारतको रुपैडियामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
Advertisement
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डीएसपी दीपक पातलीका अनुसार उनको साथमा रहेको नागरिकताका आधारमा सनाखत भएको हो।
मृतकका आफन्त पनि प्रहरीको सम्पर्कमा आएको र आफन्तलाई झिकाइसकिएको डीएसपी पातलीले बताए।
बिहार हुँदै रुपैडिया आएका पन्त गाडीबाट नझरेपछि हेर्दा मृत फेला परेको जानकारी आएको पनि प्रहरीले बताएको छ ।
पन्तको शव भारततर्फकै अस्पतालमा राखिएको छ।