• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

सांसद थापाको प्रश्नः दुई किलो चामल र आधा किलो दालले कोरोनासँग लड्न सकिन्छ ?


  •   सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
  • पोखरा । गण्डकी प्रदेश सांसद पियारी थापाले प्रदेश सरकारले ल्याएको नीति तथा कार्यक्रम केन्द्रिकृत मानसिकताबाट आएको आरोप लगाउनुभएको छ ।

    Advertisement

    सोमबार प्रदेश संसदमा आफ्ना धारणा राख्दै सांसद थापाले नीति तथा कार्यक्रम नेपालको संविधान विपरित भएको टिप्पणी गर्नुभयो ।

    कोरोनाबाट संकटग्रस्त मुलुकको समग्र आर्थिक अवस्था सुधार्न जनतालाई तत्काल राहत र दिर्घकालिन रुपमा रोजगारी सिर्जना गर्नुपर्ने सरकारले दुई किलो चामल, आधा किलो दाल, आधा लिटर तेल दिएर कोरोनासँग लड्न पठाएको बताउनुभयो ।

    सांसद थापाले सांसद विकास कोषलाई खारेज गरी कोरोना कोष बनाउन माग पनि गर्नुभयो । प्रदेश संसदमा बसेर संघीयतालाई नै चुनौती दिँदै आएकी राजमो सांसद थापाले संघीयताको औचित्य नभएको पनि दोहोर्याउनुभयो ।

    सांसद थापाले राखेका धारणाको सम्पादित अंश
    ‘यो नीति तथा कार्यक्रम नेपालको संविधान २०७२ को प्रस्तावनाको मूल्य र मान्यता विपरीत आएको छ । नीति तथा कार्यक्रम भित्र समाजवाद उन्मुख कुनै पनि कार्यक्रम आएको छैन । यो पूर्णतः पूँजवादी व्यवस्थाको उपजमा आएको छ । यो नीति तथा कार्यक्रमलाई समाजवाद उन्मुख भन्नु हाम्रो भुल हुने छ । यसलाई सुधार गर्नका लागि अनुरोध गर्दछु ।

    अहिले कोरोनाको महामारी छ । त्यसैले पहिलो दायित्व प्रदेशका जनतालाई कोरोनाबाट कसरी जेगाउने र भोकमरीबाट कसरी बचाउने भन्ने नै हो । नीति तथा कार्यक्रमका सबै बुँदाहरु हेर्दा सरकार सक्षम निर्णय गर्न चुकेको छ । अति गैर जिम्मेवारी नीतिले प्रदेशबासीको समस्या समाधान हुँदैन । यसका लागि ठोस कार्यक्रम ठोस योजना खोइ ? यि बुँदाहरुमा कुनै पनि विशेष कार्यक्रम आएको छैन । विशेष कार्यक्रम भने को के ?

    लकडाउ तत्काल खोल्न सक्ने अवस्था छैन । दैनिक ज्याला मजदुरी गरेर खाने मजदुरहरुको तथ्यांक के सरकारसँग छ ? के जनतालाई २ केजी चामल, आधा केजी दाल दिएर कोरोनाबाट लड्न सकिन्छ ? रोगसँग लड्नलाई त सबभन्दा पहिला स्वास्थ्य परीक्षण र पोषणयुक्त खानेकुरा होला नी । के नीति तथा कार्यक्रमले यसलाई सम्बोधन गरेको छ ? अँ हँ छैन । तथ्यांक संकलन र कार्यक्रम प्रभावकारीता कसरी गर्ने ? के यो सरकारको नीति होई न ? यसमा सरकारलाई मेरो गम्भीतापूर्वक सुझाव छ ।

    कोरोनालाई धनयवाद दिनै पर्छ । किनकी कोरोनाकै कारण अहिले स्वास्थ्य शिक्षाले प्राथमिकता पाएको छ । त्यो राम्रो पक्ष हो, यो पक्षलाई प्रदेश सरकारले दरिलो प्रकारले पाईला टेक्न अनुरोध गर्दछु । अहिले कोरोनाले गर्दा चेत पुर्याएको छ, जसले गर्दा आफ्नो मौलिकता तिर फर्काएको छ । यो चेतलाई दिर्घकालीन रुपमा लिनु पर्छ ।

    कोरोनाको कारण अर्थतन्त्र सिथिल छ । आर्थिक वृद्धिदर घटेको छ । अर्थतन्त्र चलायमान रहने गञ्जायस छैन । कोरोनाको अन्त्य कहिले हुन्छ, केही भन्न सकिने अवस्था छैन । आर्थिक मन्दीको प्रचुर सम्भावना छ । चालु खर्चको तुलनामा पुँजीगत खर्च अत्यन्त न्युन छ । विनीयोजन बजेट २०७७ सिद्वान्त र प्राथकिकतामा प्रसासनिक खर्च कटौती गर्ने कुरा थियो ।

    यसले कुन कुन क्षेत्रमा कती कती खर्च कटौती गर्ने निश्चत किटान गर्न नसक्नु नीति तथा कार्यक्रमको कमजोर पाटो हो । सबै प्रकारको आर्थिक गतिविधि कमजोर भएको बेलामा यो संरचना धान्न सक्ने सम्भाव्यता के ? बालुवा निचोरेर तेल त आउदैन होला ? त्यसैले गर्दा प्रदेशको विकल्प खोज्नु पर्छ ।’

     

    सोमबार, जेठ १९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.