तौलिहवा । राष्ट्रिय जनमोर्चाले कपिलवस्तु सामुदायिक अस्पताल बन्द गरिएकोमा आपत्ति प्रकट गरेको छ ।
Advertisement
जिल्ला अध्यक्ष रामप्रसाद बेलबासेको हस्ताक्षरमा २०८२ वैशाख २२ गते आइतबार प्रेसवक्तव्य जारी गर्दै राजमोले आपत्ति प्रकट गरेको हो ।
वक्तव्यमा आजै अस्तालका अध्यक्ष र महासचिवसँग भेटेर राजमोले आफ्नो धारणा सार्वजनिक गरेको उल्लेख गरिएको छ ।
करिब तीन हजार दुई सय बढी सहयोगदाताबाट निर्माण गरिएको अस्पतालजस्तो संवेदनशील संस्था बन्द गर्नुलाई राजमोले अदूरदर्शिता, व्यवस्थापनमा कमजोरी र स्वास्थ्यसँग खेलवाड बताएको छ ।
राजमोले अस्पतालसित सम्बन्धित समस्या समाधान गरी तत्कालै सुचारु गर्न माग गरेको छ ।
