तौलिहवा । कपिलवस्तु जिल्लाको बाणगङ्गा नगरपालिका वडा नम्बर ६ मा जातीय समता समाजको वडासमिति गठन भएको छ ।
केन्द्रीय सदस्य खगेश्वर सुनारको प्रमुख आतिथ्यमा २०८२ वैशाख २२ गते आइतबार आयोजित भेलामाझ सो समिति गठन गरिएको हो ।
भेलामा समता समाजका जिल्ला उपाध्यक्ष मानबहादुर नेपाली, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का जिल्ला सदस्य भक्तबहादुर घर्तीमगर र राष्ट्रिय जनमोर्चाका वडा समिति सदस्य डेमलाल न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
भेलाले नरबहादुर विक अध्यक्ष रहनुभएको ११ पूर्ण तथा तीन/तीन सदस्यीय वैकल्पिक सदस्य र सल्लाहकार रहेको समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा देवबहादुर नेपाली, सचिवमा सुशीला नेपाली, कोषाध्यक्षमा बसन्ता विक तथा सदस्यमा विष्णु नेपाली, सीता सुनार, सरस्वती सुनार, रमा नेपाली, परिका नेपाली र यमबहादुर विक रहनुभएको छ ।
भविन्द्र नेपाली वैकल्पिक सदस्य र रामबहादुर नेपाली सल्लाहकार रहनुभएको सो समितिमा दुई/दुई स्थान रिक्त राखिएको छ ।