काठमाडौँ । वरिष्ठ चिकित्सक डा गोविन्द केसीले म्यान्मारमा गएको भूकम्पमा परी घाइते भएकाहरूको उपचार गरेका छन्।
भूकम्पबाट क्षतिग्रस्त शहर माण्डलेमा घाइते व्यक्तिहरूको डा केसीले आफ्नै खर्चमा उपचार गरेका हुन्।
यही २०२५ मार्च २८ तारिखका दिन म्यानमारमा गएको ७.७ म्याग्निच्युडको प्रलयकारी भूकम्पलगत्तै हाडजोर्नी विशेषज्ञ डा. केसी घाइतेको उपचारका लागि स्वयम्सेवकको रुपमा म्यान्मार गएका थिए।
डा। केसीले माण्डले सहरमा घाइतको शल्यक्रियासहित ओपिडी सेवा सञ्चालन गर्नुका साथै स्नातकोत्तर तथा स्नातक तहका मेडिकल विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए।
उक्त भूकम्पमा परी छ हजार जनाको मृत्यु भएको थियो भने एघार हजार जना घाइते छन्।
यसअघि सन् २००८ मा म्यानमारमा गएको समुद्री आँधीबेरी ‘साइक्लोन नर्गिस’ले धनजनको ठूलो क्षति पुर्याएको बेला पनि डा। केसीले म्यानमारमा घाइतेको उपचार गरेका थिए।