• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘देशलाई आत्मनिर्भर बनाउने र युवालाई रोजगारी दिने बजेट आएन’


  •   आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
  • काठमाडौं । राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेलले सरकारले प्रस्तुत गरेको बजेटले नागरिकको समस्या समाधान गर्न नसक्ने बताउनुभएको । देशलाई आत्मनिर्भर बनाउने र युवालाई रोजगारी दिने खालका कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने भएपनि बजेटले त्यो विषयलाई समेट्न नसकेको पौडेलले बताउनुभयो ।

    Advertisement

    आइतबार प्रतिनिधिसभामा आगामी वर्षको बजेटमाथि छलफलमा भाग लिँदै सांसद पौडेलले रोजगारी गुमाएर विदेशबाट फर्कँदै गरेका लाखौं नेपालीलाई रोजगारीको सिर्जना गर्न ठुला उद्योग निर्माणमा जोड दिनुपर्ने बताउनुभयो ।

    यस्तै, उहाँले विदेशस्थित नेपालीलाई आफू कार्यरत रहेकै देशबाट मतदानको व्यवस्था मिलाउन नसकेको, बजेटमा एमसीसी घुसाएको, सांसद विकास कोष खारेज नगरिएको तथा कृषिमा उचित लगानी नगरिएको भन्दै आलोचना गर्नुभयो ।

    सांसद पौडेलले राखेको धारणाको सम्पादित अंश
    ‘आगामी आर्थिक वर्ष २०७७।०७८ को बजेटका केही सकरात्मक पक्ष र अधिकांश कमजोरी छन् । ति कमि कमजोरीप्रति सरकारको ध्यानाकर्षण गराउन चाहन्छु । बजेटमा समाजवाद उन्मुख अर्थतन्त्र र कृषि क्रान्तीको कुरा गरिएको छ । तर सम्पूर्ण बजेटमा समाजवाद उन्मुख र कृषि क्रान्तीको कुरा कुनै पनि कार्यक्रम प्रस्तुत गरिएको छैन ।

    नीति र कार्यक्रममा एमसीसीलाई उल्लेख नगरीकन अप्रत्यक्षरुपले घुमाउरो पाराले ल्याइएको थियो । तर अहिलेको बजेटमा त्यसलाई प्रतक्ष र घोषितरुपमै समावेश गरिएको छ । अनुसुचि १० बाट यो कुराको कुनै शंका रहन्न । मैले बजेटबाट उक्त अंश हटाउन अनुरोध गर्दछु ।

    विदेशबाट रोजगारी गुमाएर ठुलो संख्यामा नेपालीहरु आएका कारण देशमा रोजगारीको गम्भीर समस्या पैदा हुँदैछ । त्यसका लागि कृषि तथा उद्योग धन्दामा ध्यान पुर्याउनु आवश्यक पर्दछ । तर बजेटमा त्यो कुराको खासै ध्यान पुर्याएको देखिँदैन । कृषिमा बजेट बढाए पनि पर्याप्त मात्रामा बढाइएको छैन । संकटको अवस्थामा देश र रोजगारी बढाउनको लागी सबै भन्दा बढी कृषिमा नै भर पर्नुपर्ने आवश्यकता हुन्छ । तर अहिलेको सरकारले परम्परागत रुपमा छुट्याएको बजेटले अहिलेको देशको राष्ट्रिय आवश्यकता पुरा नसक्ने कुरा प्रस्ट छ ।

    विदेशमा भएका नेपालीहरुलाई सधैँ भरि विदेशमै रोकेर राख्न सम्भव हुँदैन । अहिले बाहिरबाट खास गरि भारतबाट नेपालीहरु जे जती आइरहेका छन्, उनीहरुको कोभिड–१९ संक्रमित भए नभएको प्रारम्भिक अवस्था थाह पाउनका लागि पनि पुरै परीक्षण हुन सकेको छैन । त्यसले गर्दा कोरोना भाइरसले महामारीको रुप लिने खतरा बढ्दै गएको छ । यसप्रकारको खतराको सामना गर्नका लागि सरकारको तयारी र बजेट एकदम कम रहेको देखिन्छ । आजको आवश्यकतालाई पुरा गर्नको लागि स्रोत जुटाउन सरकार गम्भीर भएको देखिँदैन ।

    सरकारले सबै अनुत्पादक र अनावश्यक खर्च घटाएर अहिलेको आवश्यकता पुरा गर्न आन्तरिक स्रोत बढाउनु पर्थ्यो । तर सरकारले त्यसो गर्न सकेको छैन । सरकारको नीति तथा कार्यक्रममा धारणा राख्ने क्रममा मैले प्रादेशिक संरचना र स्थानीय पूर्वाधार सम्बन्धी संसद विकास कोष खारेज गरेर आन्तरिक स्रोत बढाउन जोड दिएको थिएँ । तर त्यता तिर सरकारले ठोस कदम चालेको छैन ।

    सर्वोच्च अदालतले विदेश स्थित नेपालीहरुलाईआफू बसेको देशबाट नै मतदानका लागि सरकारलाई निर्देशन दिएको थियो । तर बजेटमा त्यस प्रकारको कुनै पनि व्यवस्था गरिएको छैन ।

    देशको अर्थतन्त्र अहिले पनि परनिर्भर नै रहेको छ । देशलाई आत्मनिरर्भर बनाउनको निपम्त ठुला उद्योग निमार्णका लागि पनि विशेष जोड दिनु पथ्र्यो, त्यो हुन सकेको छैन ।’

    आइतबार, जेठ १८, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.