• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

आइकोरका एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन


  •   बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
  • काठमाडौँ । क्रान्तिकारी पार्टी तथा सङ्गठनको अन्तर्राष्ट्रिय संयोजन (आइकोर) का एसिया कोअर्डिनेटर सञ्जय सिङ्घवीको निधन भएको छ ।

    Advertisement

    भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्यसमेत रहनुभएको सिङ्घवीको अप्रिल २३, २०२५ राती १० बजे मुम्बईको हिन्दुजा अस्पतालमा निधन भएको हो ।

    मासलाइनका नेता प्रदीपसिंह ठाकुरका अनुसार उहाँ क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

    स्मृतिशेष सिङ्घवी गत ४० वर्षदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । उहाँ टियुसिआईको पनि महासचिव रहिसक्नुभएको थियो ।

    “कमरेड सञ्जयको मृत्यु हाम्रो पार्टी र हाम्रो देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलन र अन्तर्राष्ट्रिय स्तरमा ठुलो क्षति हो” ठाकुरले लेख्नुभएको छ– “कमरेड सञ्जयको मृत्यु हाम्रो पार्टी र हाम्रो देशको क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको लागि ठुलो क्षति हो । कमरेड जेनप्रति केन्द्रीय समितिले गहिरो समवेदना व्यक्त गर्दछ ।”

    उहाँले कमरेड सञ्जयको सपना स्वतन्त्र, लोकतान्त्रिक र समाजवादी भारत निर्माण गर्नु रहेको पनि बताउनुभएको छ ।

    मूल प्रवाहद्वारा श्रद्धाञ्जली

    यता, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पनि शोकवक्तव्य जारी गर्दै सिङ्घवीप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    अध्यक्ष ठाकुर खनालद्वारा अप्रिल २३ गते नै सामाजिक सञ्जालमा वक्तव्य सार्वजनिक गर्दै शोक व्यक्त गरिएको हो ।
    वक्तव्यमा भनिएको छ– “भाकपा (मार्क्सवादी–लेनिनवादी) मासलाइनका पोलिटब्युरो सदस्य सञ्जय सिङ्घवीको निधनको खबरले स्तब्ध बनायो ।

    सादा जीवन उच्च विचारलाई व्यवहारमा उतार्ने उहाँ क्रान्तिकारी हुनुहुन्थ्यो । सम्भ्रान्त पारिवारिक पृष्ठभूमिको बाबजुद मजदुरको सुखदुखमा हमेसा साथ दिने तथा उनीहरूको हकहितमा कानुनी एवम् सडक सङ्घर्षमा निरन्तर सकृय हुनुको ट्रेड युनियन सेन्टर आफ इन्डिया (टियुसिआई) को महासचिव हुनुहुन्थ्यो । वहाँ र टियुसिआईसँग हाम्रो लामो वैचारिक एवम् भाइचारा सम्बन्ध रहँदै आएको थियो । भारतका विभिन्न स्थानमा संयुक्त मजदुर आन्दोलनमा सहकार्यको दौरान भएको भेट दुई देशको वामपन्थी आन्दोलन एवम् विश्व कम्युनिस्ट आन्दोलनको बारेमा चर्चा परिचर्चा भइरहन्थ्यो ।

    वरिष्ठ अधिवक्तासमेत रहेका सिङ्घवी लामो समयदेखि घातक रोग क्यान्सरबाट ग्रसित हुनुहुन्थ्यो । गत ३ मार्च २०२५ का दिन उहाँको मुम्बईस्थित ल फर्ममा भेट भएको थियो । बिमारीले गर्दा शरीर धेरै थकित भएता पनि उहाँको मनोबल धेरै मजबुत थियो ।”

    बिहिबार, बैशाख ११, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.