काठमाडौं । बाजुराकी दुई वर्षीया बालिकाको कोरोना भाइरसको संक्रमणकै कारण मृत्यु भएको पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ । बूढीगंगा नगरपालिका–१ घर भएका उनी आमाबुबासँगै ८ दिनअघि भारतबाट नेपाल आएका थिइन् ।
Advertisement
भारतबाट नेपाल फर्किएका ती बालिका र उनकी आमा क्वारेन्टिनमा बसेका थिए। उनकी आमालाई पनि संक्रमण पुष्टि भएको छ।
क्वारेन्टिनमा रहेकै बेला बालिकालाई गाह्रो भएपछि बाजुरामा रहेको अस्पतालमा उपचार गरिएको थियो। उपचारकै क्रममा मृत्यु भएकी २ वर्षकी बालिकामा कोरोना संक्रमण पुष्टि भएको हो ।