काठमाडौँ । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–२ अर्दौलीस्थित दानव नदीमा पौडी खेल्नेक्रममा ३ बालक बेपत्ता भएका छन्।
Advertisement
बेपत्ता हुनेहरूमा सोही ठाउँका १४ वर्षका राज यादव, १३ वर्षका उमेश यादव र १२ वर्षका मुनु हरिजन छन्।
उनीहरू आज दिउँसो १२ः३० बजेतिर पौडी खेल्नेक्रममा बेपत्ता भएका थिए। बेपत्ता भएकाहरूको खोजी सशस्त्र प्रहरीले गरिरहेको जनाएको छ।
घटना बारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट बयरघाटबाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा विपद् व्यवस्थातालिम प्राप्त सुरक्षा फौजले खोजीकार्य जारी राखेको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।