काठमाडौँ । राष्ट्रिय जनमोर्चाका नेता हरिकृष्ण पाण्डेका पिता मनिचन्द्र पाण्डेप्रति राजमोले श्रद्धाञ्जली व्यक्त गरेको छ ।
२०८१ चैत ३१ गते ९६ वर्षको उमेरमा निधन भएपछि राजमो केन्द्रीय कार्यालयले शोकवक्तव्य जारी गर्दै श्रद्धाञ्जली व्यक्त गरेको हो ।
अध्यक्ष चित्रबहादुर केसीको हस्ताक्षरमा २०८२ वैशाख २ गते सोमबार जारी शोकवक्तव्यमा अगाडि भनिएको छ–
“हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाका नेता कामरेड हरिकृष्ण पाण्डेका पिता कैलाली जिल्ला अत्तरिया निवासी कामरेड मनिचन्द्र पाण्डेको २०८१ चैत ३१ गते ९६ वर्षको उमेरमा निधन भएको छ ।
कामरेड मनिचन्द्र पाण्डे राष्ट्रिय जनमोर्चाको सदस्य हुनुहुन्थ्यो । हामीले कामरेड मनिचन्द्र पाण्डेको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ । कामरेड मनिचन्द्रको मृत्युले नेपालको वाम आन्दोलनलाई क्षति पुगेको छ । अन्तमा हामीले उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”