काठमाडौँ । गएको शुक्रबार राजावादी प्रदर्शनका क्रममा कोटेश्वरस्थित भाटभटेनी लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले ९ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूलाई बरामद सामान सहित थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी बृत्त बानेश्वर पठाइएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
पक्राउ पर्नेमा धनुषा मिथिला नगरपालिका ६ ढल्केवर घर भइ हाल काठमाडौँको कोटेश्वर बस्ने आशिष सिंह (बरामद तीन लिटर मदिरा), सर्लाहीको बरथहवा नगरपालिका–१६ घर भइ हाल कोटेश्वर नरेफाँट बस्ने प्रेम कुमार महत्तो (बरामद वियर), भारत देश बिहार राज्य पटना हाजिपुरका रवि रञ्जन कुमार (बरामद सामान मदिरा), नुवाकोटको विदुर नगरपालिका–६ घर भइ कोटेश्वर बस्ने सुशिला कुमाल (बरामद सामानः ११ थान हाफ पाइन्ट, १ थान ट्राउजर) रहेका छन्। यस्तै, सुनसरी, धरानकी एलिसा राई (बरामद सामान–१ थान ट्रे, १ थान क्यारेट) र बालकुमारी कार्की पनि पक्राउ परेका छन्।
चैत १५ गते राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृती र नागरिक बचाउ महाअभियान नेपालका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईको नेतृत्वमा राजावादी समूहसहितको संयुक्त आन्दोलनका क्रममा कोटेश्वर स्थित भाटभटेनी सुपरमार्केटमा तोडफोड तथा लुटपाट भएको थियो ।