• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, साउन ११, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

आगलागीबाट रु.एक लाख बराबरको क्षति

सुरतमा २५ सदस्यीय महिला विभाग गठन

जिल्लाध्यक्षको सहभागितामा राजमोको बाइसौँ पार्टीस्कुल सुरु

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. जुन गाउँले मलाई धेरै दियो

  • ८. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ९. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

संसदको कार्यसूचीबाट नक्साको विषय हटाइएकोमा चार किसान संगठनको आपत्ति


  •   शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
  • काठमाडौं । अखिल नेपाल किसान महासंघलगायत चारवटा किसान संगठनले संसदको कार्यसूचीबाट निशानछापमा नयाँ नक्सा राख्ने सम्बन्धी संविधान संशोधन प्रस्ताव हटाइएकोप्रति आपत्ति जनाएका छन् ।

    Advertisement

    संयुक्त वक्तव्य प्रकाशित गरी किसान संगठनहरुले संसदमा दर्ता गरिएको संविधान संशोधन प्रस्ताव बिनाकारण छलफलको बिषयबाट एकाएक हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको र ठूलो सन्देह समेत पैदा भएको जनाएका छन् ।

    यस्तै, किसान संगठनहरुले रुकुम घटनाका दोषीमाथि कारबाही गर्न, संसदमा विचाराधिन एमसीसी र परमाणु विधेयक खारेज गर्न, कोरोना संक्रमणबाट बच्न प्रभावकारी कदम चाल्न तथा किसानहरुलाई खेतीपाती र मल बिउको उचित प्रवन्ध गर्न पनि माग गरेका छन् ।

    यस्तो छ, वक्तव्यः
    ‘१) एक्काइसौं शताब्दीको गणतन्त्रलाई गिज्याउने र त्यसको समानताको मर्ममाथि निर्मम प्रहार गर्ने जुन हत्याकाण्ड रुकुममा कथित तल्लो जाति र माथिल्लो जातिको केटा र केटीको प्रेम बिबाहको कुरालाई लिएर भयो त्यो जघन्य, अमानबीय र निर्मम हत्या काण्डको जतिसुकै भत्र्सना गरे पनि कमै हुन्छ । हामी चार किासन संगठनहरु– अखिल नेपाल किसान महासंघ(अप्पा), अखिल नेपाल किसान महासंघ(क्रान्तिकारी), अखिल नेपाल किसान यूनियन र अखिल नोपल प्रगतिशील किसान संघ त्यस क्रुरतम अमानबीय हत्या काण्डाको घोर निन्दा र भत्र्सना गर्दछौं र त्यसको उच्चस्तरीय छानबिन गरी अपराधीलाई हदैसम्मको कडा कारबाही गरियोस् तथा पीडित पक्षलाई यथेष्ठ क्षतिपूर्ति प्रदान गरियोस् र आउँदा दिनमा यस्ता घटना दोहोरिन नदिइयोस् भन्ने जोडदार माग गर्दछौंं ।

    नेपालको संबिधानमा जे कुुरा लेखिएको भए पनि त्यसको मर्म र भावना अनुसार पालन नभएको, नेपाली समाजमा जातीय बिभेद, बिषमता र बहिष्करण जटिलरुपमा कायम रहेको जातिपाती, उचनिच, छुवाछुत, यो लोक, परलोक, पूर्बजन्म–पुनर्जन्म जस्ता परम्परागत यथास्थितिबादी सामन्ती नबसामन्ती प्रथाहरुको बिगबिगी कायमै रहेको र यसका बिरुद्ध नेपालका सबै सचेत पंंक्तिका जन समुदायले निरन्तर संघर्ष चलाउनु पर्ने आवश्यकता देख्दछौ र त्यसका लागि पुनः जोडदार आह्वान समेत गर्दै वर्गीय शोषण र सामाजिक उत्पीडनको अन्त्य गर्न नेपालबाट सामन्तबाद, साम्राज्यबादका राजनीतिक, आर्थिक, सामाजिक संचरना र संस्कृतिको अन्त्य गर्ने महाअभियानमा शोषित उत्पीडित जन समुदाय सचेत, संगठित र सघर्षशील भएर एकताबद्धरुपमा अघि बढनु पर्ने आबश्यकता औंल्याउँदछौं ।

    २) नेपालको सार्बभौमिकता र भौगोलिक अखण्डताको अभिन्न अंग दार्चुला जिल्लाको लिम्पियाधुरा, कालापानी र लिपुलेकमाथिको वर्षौंदेखिको भारतीय शासक वर्गको हस्तक्षेपबाट यसलाई मुक्त गराउन र नेपालको स्वाधीनता र सार्वभौमिकतालाई सुदृढ तुल्याउन वर्षौंदेखि हामी लगायत नेपाली समाजका बिभिन्न तह र तप्काले आवाज उठाउँदै र संघर्ष गर्दै आएको सन्दर्भमा नेपालको जुन पुनर्मुद्रित नक्शा संंसदबाट अनुमोदन गराई निशानाछापमा प्रचलनमा ल्याउन संसदमा प्रस्ताब दर्ता गरिएको थियो त्यसलाई बिनाकारण छलफलको बिषयबाट एकाएक हटाएकोप्रति गम्भीर ध्यानाकर्षण भएको र ठूलो सन्देह समेत पैदा भएको छ । यो नक्शा तुरुन्त अनुमोद गरी प्रचलनमा ल्याइयोस् र भारतीय अतिक्रमणबाट कालापानी, सुस्ता लगायत सबै अतिक्रमित भूमिबाट भारतीय हस्तक्षेपको अन्त्य गर्न सबै उपायहरुको अबलम्बन गरियोस् भन्ने पुनः जोडदार माग गर्दछौं ।

    ३) बहु बिबादित र खतरनाक प्रकृतिको एमसीसी सम्झौतालाई घुमाउरो पाराले नीति र कार्यक्रममा राखेर संसदबाट पारित गराउन खोजेकोप्रति हाम्रो घोर आपत्ति रहेको कुरा पुनः दोहोर्याउन चाहन्छौ र नेपाललाई अमेरिकी साम्राज्यबादको अखडा बनाउने र वैदेशिक हस्तक्षेप र चलखेलको ढोका खोल्ने कुराको तीब्र बिरोध जनाउँदै सरकार तथा सांसदहरुलाई नेपालले अबलम्बन गरेको पञ्चशील र असंलग्न परराष्ट्र नीति बिपरीतको एमसीसी संसदमा प्रवेश हुन नदिन र खारेज गराउन पुनः जोडदार माग गर्दछौं ।

    ४) हामी परमाणु बिधेयक पारित गरेर यूरेनिय उत्खनन् र प्रशोधन कार्य कथित आणबिक ऊर्जा एजेन्सी(आईएईए)को नाममा विदेशीलाई सुम्पिने गम्भीर र खतरनाक कार्य योजनाप्रति कडा बिरोध जनाउँदछौ । नेपाली किसान लगायन सम्पूर्ण जनताको जनस्वास्थ्यमा असर पार्ने, बातावरण सन्तुलन गुमाउने र गम्भीररुपमा प्रदुषण बढाउने यस्ता खालका परियोजनाहरु नेपालका आजका आबश्यकता होइनन् र हुँनु हुदैन भन्ने कुरा जोडदाररुपमा अघि सार्दै यस्ता परमाणु आयोजनाहरु राष्ट्र र जनताको हितमा प्रतिकूल असर नहुने गरी नेपाली जनता र राष्ट्रको हितमा उपयोग गर्न सक्ने नेपालले क्षमता हासिल गर्न सक्ने स्थिति सिर्जना गरेर मात्र आवश्यक परेर सावधानीपूर्ण प्रयुक्त गरिनुपर्ने कुरा प्रष्ट औंल्याउन चाहन्छौं ।

    ५) हामी कोरोना भाइरसको फैलँदो प्रकोपप्रति सरकारले युद्ध स्तरमा टेस्ट र ट्रेस कार्यलाई तीब्रतम गतिमा बढाओस्, क्वारेन्टिनलाई सुब्यवस्थित गरोस्, कोरोना फैलिने क्रमलाई कडाईका साथ रोक्न आबश्यक स्वास्थ्य सामाग्रीहरुको अभाव हुन नदेओस् भन्ने कुरामा पनि पुनः जोड दिन चाहन्छौं ।

    ६) किसानलाई सुरक्षित किसिमले बालीनाली लगाउन र भित्र्याउन दिने प्रबन्ध गर्न र उनीहरुको स्वास्थ्य रक्षा गर्न तथा आम श्रमजीबी जनतालाई भोक र भाइरसका बिरुद्ध लड्न जीवनको रक्षा गर्न यथेष्ठ राहत प्रदान गर्न समेत सरकारसँग पुनः माग गर्दछौंं ।

    भैरबराज रेग्मी, अध्यक्ष, अनेकिमहासंघ (अप्पा)

    सीताराम तामाङ्ग, अध्यक्ष, अनेकिमहांसंघ (क्रान्तिकारी)

    लोकनारायण सुबेदी, अध्यक्ष, अखिलनेपाल किसान यूनियन

    कृष्ण राना, इञ्चार्ज, अनेप्रगतिशील किसान संघ
    २०७७ जेष्ठ १५’

    शुक्रबार, जेठ १६, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट
    हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन
    आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो
    कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो
    सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन
    आगलागीबाट रु.एक लाख बराबरको क्षति

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      अमेरिका–इरान तनावमा विरामसँगै तेलको मूल्यमा भारी गिरावट

    • २.
      हिमाचल प्रदेशको रिकाङपिओमा मूल प्रवाहको एरिया समिति गठन

    • ३.
      आक्रमण रोकिएपछि अमेरिका–इरान वार्ताको सम्भावना बलियो

    • ४.
      कङ्गोमा इबोला सङ्क्रमण तीन हजार नाघ्यो

    • ५.
      आदिवासी जनजाति आन्दोलन र राष्ट्रिय स्वाधीनताको प्रश्न

    • ६.
      सुनसरी कर्फ्यु, छानबिनका लागि ५ सदस्यीय समिति गठन

    • ७.
      आगलागीबाट रु.एक लाख बराबरको क्षति

    • ८.
      सुरतमा २५ सदस्यीय महिला विभाग गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.