काठमाडौं । अर्घाखाँचीका एक युवाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। भारतको गुजरातबाट नेपाल फर्कदै गर्दा बाटोमा मृत्यु भएका अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९ ढिकुराका ३५ वर्षीय युवामा कोरोना संक्रमण पुष्टि भएको छ।
Advertisement
भारतको लखनउ आसपास आईपुग्दा उनको गत जेठ १० गते मृत्यु भएको थियो । उनको प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा स्वाव परीक्षण गरिएकोमा कोरोना पोजिटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । मृत्यु भएको चार दिनपछि संक्रमण पुष्टि भएका उनको आज साँझ दाह संस्कार गरिएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएका ६ मध्ये पाँच जनाको मृत्यु पछि मात्रै संक्रमण पुष्टि भएको छ।