• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

शिक्षक सङ्घ प्युठानको पाँचौँ सम्मेलन सम्पन्न


  •   आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
  • खलङ्गा । अखिल नेपाल शिक्षक सङ्घ प्युठानको पाँचौँ जिल्ला सम्मेलन २०८१ चैत २ गते शनिबार पुन्यखोला प्युठानमा सम्पन्न भएको छ ।

    Advertisement

    शिक्षक सङ्घका महासचिव चक्रपाणि पौडेलको प्रमुख आतिथ्यमा सो सम्मेलन सम्पन्न भएको हो ।

    सम्मेलनमा मन्तव्य राख्दै उहाँले समाजको सबैभन्दा बौद्धिक र समाजलाई उज्यालो छर्ने वर्ग शिक्षक भएकोले आफूलाई गर्व गर्न आग्रह गर्नुभयो ।

    सम्बोधनको क्रममा उहाँले सरकारले शिक्षकलाई अपमान गरिरहेकाले त्यसको विरुद्ध एक हुन सबैसित आग्रह गर्नुभयो ।

    त्यस्तै, उहाँले शिक्षकले पटकपटक आन्दोलन गरे पनि सरकारले माग पूरा गर्न नसकेको विचार व्यक्त गर्नुभयो ।

    शिक्षक महासङ्घ र सरकारबिच विगतमा भएका सम्झौता र शिक्षा विधेयक अहिलेसम्म ल्याउन नसक्नु सरकारको लाचार प्रवृत्ति भएको बताउनुभयो ।

    उहाँले शिक्षामा कम्तीमा २० प्रतिशत लगानी गर्नु सके मात्र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान र गुणस्तरीय शिक्षा दिन सकिने उल्लेख गर्नुभयो ।

    शिक्षक सङ्घका संस्थापक सदस्य तथा राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेशका अध्यक्ष बोमबहादुर खत्रीले शिक्षकको आन्दोलनका कारण केही माग प्राप्त गर्न सकेको उल्लेख गर्दै शिक्षकहरू जायज मागको लागि एक भएर अगाडि बढ्न आग्रह गर्नुभयो ।

    शिक्षकका मागप्रति आफ्नो पार्टीको सधैँ साथसहयोग रहेको उहाँको भनाइ थियो ।

    खत्रीले भन्नुभयो– ‘देशको अवस्था अत्यन्तै कमजोर छ । देशका शासकहरू राष्ट्रियता र राष्ट्रप्रति उत्तरदायी बन्न नसक्दा समस्या बढेको छ ।’
    देश सबै किसिमले कमजोर हुँदै गएको अवस्थामा शिक्षकले रचनात्मक खबरदारी गर्नसमेत आग्रह गर्नुभयो ।

    राजमो केन्द्रीय सदस्य कृष्ण खड्काले शिक्षकले बालबालिकालाई शिक्षा दिएर उज्यालो दिने बौद्धिक वर्ग भएको दाबी गर्नुभयो ।

    उहाँले देशको आमूल परिवर्तनमा शिक्षकको अहम् भूमिका रहँदै आएको बताउनुभयो ।

    शिक्षक सङ्घका केन्द्रीय सचिव बालाराम पोख्रेल, नेपाल शिक्षक महासङ्घ प्युठानका निवर्तमान अध्यक्ष शेरबहादुर थापा, राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपाने, शिक्षक सङ्घका पूर्व जिल्ला अध्यक्ष सिद्विमान जिसीलगाएतले शुभकामना दिनुभएको थियो ।

    अध्यक्षमा खड्का

    सम्मेलनले कल्याण खड्का अध्यक्ष रहनुभएको ३९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।

    समितिको उपाध्यक्ष ध्रुव गिरी, महिला उपाध्यक्ष देवा विष्ट, सचिवमा शङ्करबहादुर बस्नेत, सहसचिवमा लुइस्याङ्जी केसी र कोषध्यक्ष महेन्द्रबहादुर केसी रहनुभएको छ ।

    त्यस्तै, सम्मेलनले सङ्घको केन्द्रीय प्रतिनिधिमा अर्जुनबहादुर केसी, डम्बरबहादुर जिसी, कल्पना थापा, खेमराज पोख्रेल, कर्णबहादुर जिसी, वेदराज ज्ञावली, खुमबहादुर पुन र सृजना पोख्रेल रहनुभएको छ ।

    अर्जुनबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव ध्रुव गिरीले गर्नुभएको थियो ।

    आइतबार, चैत ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.