काठमाडौँ । महोत्तरीमा १० वर्षीया बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा सशस्त्र प्रहरीका सई पक्राउ परेका छन् ।
रेल्वेट्र्याक सुरक्षा पोस्टमा कार्यरत सई धर्मेन्द्रसिंह महतोलाई सशस्त्र प्रहरीले नै पक्राउ गरेको हो ।
शुक्रबार बिहान मन्दिरमा पूजा गर्न गएकी बालिकालाई सई महतोले जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप लगाउँदै स्थानीयले सशस्त्र प्रहरीको कार्यालय घेरेका थिए ।
सईले हप्काउँदै जबर्जस्ती करणीको प्रयास गरेको भन्दै बालिका चिच्याएपछि स्थानीय भेला भएका थिए।
लोहरपटी गाउँपालिकाका वडाध्यक्ष श्याम यादवले त्यसपछि स्थानीयले सईलाई कारबाही गर्न माग गर्दै उक्त पोस्ट घेराउ गरेको बताए।
अहिले सई महतोलाई सशस्त्र प्रहरीले आवश्यक कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइसकेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
नेपाल प्रहरीले भने पीडित पक्षको जाहेरी प्राप्त भइनसकेको बताएको छ।जाहेरी आएपछि थप कारबााही अगाडि बढाइने महोत्तरी प्रहरीले जनाएको छ।