खिमराज चालिसे, चन्डिगढ (भारत) ।
भारतको लुधियानामा मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले मिर्गौलापीडित नारद नेपालीलाई सहयोग गरेको छ ।
Advertisement
सहयोग गर्ने क्रममा मूल प्रवाहले ७४ हजार पाँच सय ८५ नेपाली रुपियाँ सहयोग सङ्कलन गरी मार्च ९, २०२५ का दिन उहाँलाई हस्तान्तरण गरेको हो ।
लुधियाना सिटी नगर समितिद्वारा सञ्चालित हेवोवाल एरिया समिति अध्यक्ष इन्द्रसिंह नागरीको विशेष पहलमा पीडित नेपालीको उपचारार्थ उक्त रकम सङ्कलन गरिएको थियो।
सङ्कलित रकम समाजका केन्द्रीय सचिव कुलबहादुर बगाले, केन्द्रीय सदस्य दिनेश खडका र लुधियाना सिटी नगरका नेता र एरिया समितिका अध्यक्ष इन्द्रसिंह नागरीलगायतको टिमले पीडितलाई हस्तान्तरण गरेको थियो ।
पीडित नेपाली डोटी जिल्लाको केआइसिंह गाउँपालिका वडा नं २ निवासी हुन् ।