• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
मङ्गलबार, असोज ०६, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

डुङ्गा क्लिनिकले दुर्गम टापुमा स्वास्थ्य सेवा पुर्‍याउँदै

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ४. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ५. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ६. सर्वदलीय बैठक जारी

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

  • ८. संविधान दिवसमा गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्न आह्वान

  • ९. नेपाली राजनीति र नियति

  • १०. रक्तिम सांस्कृतिक अभियान रौतहटको प्रथम जिल्ला भेला सम्पन्न

‘प्रदेश सरकार रमिते बन्दा कोरोना संक्रमण भयाबह बन्दैछ’


  •   बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
  • बुटवल । राष्ट्रिय जनमोर्चाका प्रदेश ५ का सांसद तारा जिसीले प्रदेश सरकारले कोरोना संक्रमण नियन्त्रण गर्न कुनै भूमिका खेल्न नसकेको आरोप लगाउनुभएको छ । भारतबाट आएका हजारौं नागरिकको व्यवस्थापन गर्न प्रदेश सरकार चुकेकै कारण कोरोनाको संक्रमण भयावह बनेको उहँले बताउनुभएको छ ।

    Advertisement

    बुधबार प्रदेश संसदमा प्रस्तुत नीति तथा कार्यक्रमको छलफलमा भाग लिँदै सांसद तारा जिसीले प्रदेशभर संक्रमण फैलिरहँदा प्रदेश सरकार रमिते बनेर बसेको आरोप लगाउनुभयो ।

    सांसद जिसीले नीति तथा कार्यक्रममा पार्टीको तर्फबाट धारणा राख्दै संघीयता खारेज हुनुपर्ने बताउनुभयो । जनतालाई आर्थिक बोझ दिने प्रादेशिक संरचना खारेज गरी प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको स्थानीय स्वायत्त शासन अपनाउनुपर्ने धारणा राख्दै संघीयताबाट फर्कन अहिले उपयुक्त मौका भएको जिसीले बताउनुभयो ।

    सांसद जिसीले राखेका धारणाको सम्पादित अंश
    सामाजिक दूरीसकेत पालन नगरी अन्य प्रदेश, भारत र विदेशबाट आउने नागरिकलाई क्वारेन्टिनको अवधी पुरा गरेपछि बिना परीक्षण घर पठाउने, स्वास्थ्यकर्मीहरुलाई प्रर्याप्त मात्रामा स्वास्थ्य सामग्री नदिने जस्ता प्रदेश सरकारको लापरवाहीले गर्दा जोखिम बढेको छ । मुख्य प्रवेश नाकाहरुमा क्वारेन्टिनको व्यवस्था गरी आ–आफ्नो स्थानीय तहमा पठाउन सम्मको व्यवस्था नगरि यस्तो महामारीको बेलामा प्रदेश सरकार रमिते बन्यो ।

    सबै प्रवेश द्वारमा प्रदेश सरकारले क्वारेन्टिनको व्यवस्था गर्नुपर्छ । सके पीसीआर नभए आरडीटी टेस्ट गरी स्थानीय तहलाई जिम्मा दिनु पर्छ । नागरिकहरुको जिन्दगी जोखिममा राखेर भेडा बाख्रा झैँ लादेर लैजाने अमानवीय कार्य तत्काल बन्द गरिनु पर्छ । संक्रमण टेस्ट नगरी एउटै समूहमा पठाउँदा जोखिम बढ्ने हुँदा फरक व्यवस्था गर्नुपर्छ ।

    कृषिमा नीति तथा कार्यक्रमले बिशेष जोड दिएको छ । नीति कार्यक्रम अनुसार कार्यान्वयन हुने हो भने त्यो सकारात्मक छ । उल्लेखित कार्यक्रम सफल पार्न अनुदानमा ब्याज बाहेक अर्को विकल्प दिन सरकार असमर्थ छ । देश ठप्प रहेको अवस्थामा करको दर बढाउने कुरा गलत हो । महामारीको बेला कर छुट दिई जनतालाई राहत दिनुपर्छ ।

    सरकारका कतिपय कार्यक्रम विरोधाभासपूर्ण छन् । खाद्य सुरक्षा सम्बन्धी बिषयमा नीति तथा कार्यक्रम अलमलमा छ । एक स्थानीय तह एक उल्पादनको उपाय सुझाइएको छ । तर त्यसबाट कसरी खाद्य सुरक्षा तथा स्थानीय तह आत्मनिर्भर हुन्छ ? ठोस व्यवस्था र योजना छैन ।

    कोरोना महामारीका कारण उत्पन्न समस्या, मनोबैज्ञानिक असर, सम्भावित अनिश्चित भविस्य कसरी व्यवस्थापन गर्ने कुनै ठोस योजना नीति कार्यक्रममा छैन । माहामारीका कारण विद्यालयहरु बन्द छन् । लाखौं विद्यार्थी घरमा बन्द छन् । तत्काल विद्यालय खुल्ने र अध्ययनको वातावरण छैन, उनीहरुको भविष्यलाई मध्यनजर गरी वैकल्पिक उपायबारे सरकार किन मौन छ ?

    महिला सम्बन्धी केही औपचारिकता कुरा आएपनि महिलाहरुलाई संविधानमा उल्लेखित अधिकारको कृषि सचेतना र तालिम तथा पालिका स्तरीय महिला सञ्जाल शशक्तिकरण बारे ठोस योजना आउनु पर्छ ।

    हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाले भन्दै आएको छ कि, संघीयताबाट देश फर्किनुपर्छ हाम्रो लागि यो उपयुक्त व्यवस्था होईन । जनताको चाहना र माग अनुसार आएको पनि होइन, संघीयता सम्बन्धी सैद्वान्तिक अवधारणले पनि नेपालमा संघीय व्यवस्था गलत मान्छ । न संविधानविद न कुनै राजनीतिक दलले संघीयता हाम्रो देशको लागि उपयुक्त हो भनेर पुष्टि गर्न सकेका छन् ।

    मुलतः हाम्रो भनाई देशले आर्थिक रुपमा धान्न सक्दैन भन्ने हो । अतः आर्थिक मन्दिबाट देशलाई निकाल्न यो उपयुक्त अवसर हो । हामी संघीयताबाट प्रजातान्त्रिक विकेन्द्रिकरण सहितको एकात्मक राज्य प्रणालीमा फर्कनुपर्छ ।

     

    बुधबार, जेठ १४, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति
    ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति
    सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो
    फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग
    राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा
    अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ४.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    • ५.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

    • ६.
      सर्वदलीय बैठक जारी

    भर्खरै

    • १.
      कम्युनिस्ट घटकसँग एकताका लागि नेकपाले बनायो वार्ता समिति

    • २.
      ट्राफिक प्रहरी नियन्त्रणमा चालकको आत्मदाहप्रति यातायात संघसंस्थाको आपत्ति

    • ३.
      सवारी दुर्घटनाको सङ्ख्या बर्सेनि बढ्दो

    • ४.
      फुर्केखोला निर्माण गर्न उद्योगी–व्यवसायीको माग

    • ५.
      राष्ट्रसङ्घद्वारा साउदीमाथि हुथी हमलाको निन्दा

    • ६.
      अमेरिका–इरान तनाव चर्किँदा होर्मुजमा ट्यांकरमाथि प्रहार

    • ७.
      जिन्नाको तस्बिरले बङ्गलादेशको इतिहास बहसमा

    • ८.
      अस्ट्रेलियाली पूर्वसैनिकमा आत्महत्याको दर घट्यो, जोखिम भने अझै उच्च : प्रतिवेदन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.