काठमाडौँ । दुवईमा सम्पन्न च्याम्पियन ट्रफीको उपाधि भारतले जितेको छ ।
Advertisement
आइतबार बेलुका दुवईमा सम्पन्न फाइनलमा भारतले न्युजिल्यान्डलाई ४ विकेटले पराजित गरी भारतले उपाधि उचालेको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको न्यजिल्यान्डले भारतलाई २५२ रनको लक्ष्य प्रस्तुत गरेको थियो। भारतले ६ विकेटको क्षतिमा पूरा गर्दै उपाधि उचालेको हो।
यसअघि समूह चरणमा पनि भारतले न्युजिल्यान्डलाई ४४ रनले पराजित गरेको थियो।
यसअघि सन् २०१३ मा पनि भारतले उपाधि जितेको थियो। त्यसअघि सन् २००२ मा भने वर्षाका कारण फाइनल खेल रद्द हुँदा भारत र श्रीलंकालाई नै विजेता घोषणा गरिएको थियो।
सन् १९९८ मा पहिलो उपाधि दक्षिण अफ्रिकाले जितेको थियो। त्यसपछि सन् २००० मा न्यूजिल्यान्ड, २००४ मा वेस्ट इन्डिज, २००६ मा अष्ट्रेलिया, २००९ मा अष्ट्रेलिया, र २०१७ मा पाकिस्तान च्याम्पियन्स बनेको थियो।