काठमाडौँ । युगान्डामा जारी चार देशीय महिला टी–२० कपअन्तर्गत नेपाल र युगान्डाबीचको खेलमा नेपाल विजयी भएको छ। नेपालले युगान्डामाथि अन्तिम बलअघि ९ विकेट गुमाएर एक विकेटको जित हात पारेको हो।
Advertisement
टस जितेर बलिङ रोजेको नेपालले युगान्डालाई ७५ रनमा समेटेको थियो।
नेपालको जितमा साना प्रविनले १७ र पूजा महतोले १६ रन बनाए। रुविना क्षेत्रीले १० रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन्।
सम्झना कुमारी खड्काले ८ रन बनाउँदा कप्तान इन्दु बर्मा ६ रनमै रनआउट भइन्। कविता जोशी पहिलो बलमै आउट हुँदा बिन्दु रावलले २ रन मात्रै जोड्न सकिन्।
रोमा थापा १ रन र रचना कुमारी चौधरी शून्य रनमा आउट भए। रिया शर्मा ४ तथा इश्वरी बिष्ट ३ रनमा अविजित रहिन्।
युगान्डाकालागि जनेट मबाबाजीले ३ तथा सारा वलाजाले २ विकेट लिए।