दाङ देउखुरी । दाङको गढवा बहुमुखी क्याम्पसमा अखिल (छैठौं) को मूल एकाइ समिति गठन भएको छ ।
लुम्बिनी प्रदेश समितिका अध्यक्ष रिसव शर्माको प्रमुख आतिथ्यमा २०८१ फागुन १९ गते सोमबार सम्पन्न भेलामाझ सो समिति गठन भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै शर्माले स्ववियु निर्वाचनको आवश्यकता र महत्त्वबारे जानकारी दिँदै देशको राजनीतिक अवस्था, शैक्षिक अवस्थाको बारेमा समेत आफनो धारणा राख्नुभएको थियो ।
भेलाले निमा यादव अध्यक्ष रहनुभएको १४ सदस्यीय मूल एकाइ समिति गठन गरेको छ ।
समितिको सचिवमा रिमा घर्ती, कोषाध्यक्षमा जुनु बुढामगर तथा सदस्यमा बबिताकुमारी यादव, कल्पना चौधरी, सुस्मिता चौधरी, अञ्जुकुमारी चौधरी, नैना बेरीमगर, सिरासिला चौधरी, विद्या शर्मा, सिर्जना नेपाली, मञ्जु चौधरी, अरुण चौधरी र ओमप्रकाश यादव रहनुभएको छ ।
कार्यक्रमको सञ्चालन अखिल (छैठौँ) का केन्द्रीय परिषद् सदस्य बसन्तराज गोराथोकीले गर्नुभएको थियो ।