• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सत्ताधारीहरू युवाशक्तिलाई विदेश पठाएर आयु लम्ब्याउन चाहन्छन् : थापा


  •   शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
  • खलङ्गा । राष्ट्रिय जनमोर्चा लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापाले नेपालका सत्ताधारीहरू युवाशक्तिलाई विदेश पठाएर आफ्नो आयु लम्ब्याउन चाहेको आरोप लगाउनुभएको छ ।

    Advertisement

    प्युठानमा अखिल नेपाल युवक सङ्घ झिमरुक पालिका समितिले २०८१ फागुन १६ गते शुक्रबार पर्यटकीयस्थल रकगार्डेनमा आयोजना गरेको प्रशिक्षण तथा पिकनिक कार्यक्रममा मन्तव्य राख्दै उहाँले सो आरोप लगाउनुभएको हो ।

    ‘देश युवा जनशक्तिविहीन भएपछि सबै क्षेत्रमा गम्भीर असर पर्छ भन्ने तथ्य ठुला भनाउँदा पार्टीलाई जानकारी नभएर होइन’ उहाँले भन्नुभयो–’यो सबै जानी जानी सत्ताधारीहरू सचेत युवालाई देशबाहिर लखेट्ने नीति अपनाएर आफ्नो सत्ता बचाइराख्न चाहन्छन् ।’

    उहाँले देशभित्र बुढाबुढी र असहाय मात्र रहेपछि झुक्याउन, भोट किनेर सत्तामा पुग्न सजिलो भइरहेकाले सत्तास्वार्थका लागि देशलाई विघटनको सङ्घारमा पुऱ्याइएको पनि बताउनुभयो ।

    नेता थापाले गाउँघर शून्य बनाएर स्थायी रूपमा विदेश जाने प्रवृत्ति रोक्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

    ‘छोराबुहारी विदेश गएकोमा हामीले गर्व हैन, हीनताबोध गर्ने वातावरण निर्माण गर्न जरुरी छ’ उहाँको भनाइ थियो ।

    ‘युवाहरूले नेपाली काङ्ग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) लाई गाली गर्दै विदेश गएर समस्या हल हुँदैन’ उहाँले भन्नुभयो– ‘हामी कसै न कसैबाट देशनिर्माणमा योगदान दिन सुरु गर्नुपर्छ ।’

    विभिन्न कालखण्डमा समाज परिवर्तनका लागि आफ्ना सबै स्वार्थ त्यागेर बलिदान दिने गरेको इतिहासबाट शिक्षा लिनुपर्ने उहाँको धारणा थियो ।

    युवाहरू नैतिक हुनुपर्छ : पोखरेल

    मन्तव्य राख्दै राजमो लुम्बिनीका प्रदेशका अर्का सल्लाहकार बासुदेव पोख्रेलले देशको भविष्य युवाहरूको हातमा हुने बताउँदै युवाहरू नैतिकवान् र अनुशासित हुनुपर्ने बताउनुभयो ।

    ‘देश र समाजप्रति जिम्मेवारीबोध युवा पिँढी भयो भने मात्र देशको भविष्य उज्ज्वल हुन सक्छ, तब मात्र हाम्रा लालाबालाको भविष्य ग्यारेन्टी हुन सक्छ’ उहाँले भन्नुभयो ।

    युवक सङ्घ वर्तमान समाजमा मौलाएको विकृति समाप्त गर्दै सुन्दर समाज निर्माणको जिम्मेवारीसाथ अगाडि बढ्न जरुरी भएको उहाँको धारणा थियो ।

    कार्यक्रममा नेकपा (मसाल) ५ नम्बर ब्युरो प्रवक्ता तिलक जिसी, अखिल नेपाल महिला सङ्घकी केन्द्रीय सचिव तारा जिसी, राजमो केन्द्रीय सदस्य नारायण जिसी, युवक सङ्घका केन्द्रीय कोषाध्यक्ष कमल पौडेल, अखिल नेपाल शिक्षक सङ्घका केन्द्रीय सचिव बालाराम पोख्रेल र राजमो झिमरुकका अध्यक्ष टीकाबहादुर जिसीले पनि प्रशिक्षणात्मक मन्तव्य राख्नुभएको थियो ।

    सो अवसरमा युवक सङ्घका केन्द्रीय उपाध्यक्ष चोप बहादुर विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सचिव वीरबहादुर जिसी, जातीय समता समाजका केन्द्रीय सचिव अइन्द्र विक, अखिल नेपाल बुद्धिजीवी सङ्घका जिल्ला अध्यक्ष सिद्धिमान जिसी, सल्लाहकार ठाकुर गिरी, मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका कृष्ण बराल, सउदी अरब नेपाली एकता समाजका महासचिव हरिप्रसाद शर्मा, ३ नम्बरका वडाध्यक्ष मीनबहादुर खत्री, प्रगतिशील पत्रकार सङ्घ रुपन्देहीका अनिल थापा, अखिल नेपाल जनजाति सम्मेलनका नेता नोचबहादुर घर्ती, वयोवृद्ध वामपन्थी नेता भेषमान गिरी र गीता जिसीको पनि आतिथ्य रहेको थियो ।

    युवक सङ्घ पालिका समितिका सदस्य बसन्त थापाको स्वागतबाट सुरु भएको कार्यक्रमको अध्यक्षता युवक सङ्घ झिमरुकका अध्यक्ष भरत ढकालले र सञ्चालन उपाध्यक्ष नवराज केसीले गर्नुभएको थियो ।

    कार्यक्रममा रोचक गीत तथा नृत्य प्रस्तुत गरिएको थियो ।

        

    शनिबार, फागुन १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.