काठमाडौँ । नेपाल बुधबार फाइनलमा म्यानमारसँग हार व्यहोर्दै अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनलमा पाहुना म्यानमारसँग २–० ले हार व्यहोरेपछि नेपालले चार देश सम्मिलित च्याम्पियनसिपको उपाधि जित्ने अवसर गुमाएको हो । म्यानमारको लागि यु पेर खिन र विन थिङ्गी तुनले गोल गरे ।
यससँगै नेपालले १३औं पल्ट फाइनलमा हार बेहो¥यो । यसै वर्ष मात्र नेपाल तेस्रो पल्ट फाइनलमा असफल भएको हो । त्यसअघि खेलको २२औं मिनेटमा म्यानमारले उत्कृष्ट अवसर सिर्जना ग¥यो । सान थअ थअले पेनाल्टी बक्सबाट सशक्त प्रहार डिफेन्डर विमला विकले रोक्दै नेपालको संकट टारिन् । नेपालकी गोलकिपर एन्जिला तुम्बापो सुब्बा बिट भएको अवस्थामा विमलाले रोकेकी हुन् ।
३४औं मिनेटमा नेपालले अग्रता लिने उत्कृष्ट अवसर खेर फाल्यो । सावित्रा भण्डारीले म्यानमारकी गोलकिपर म्यो मे निइनसँग गोल गर्ने अवसर गुमाइन् । सावित्राको सट मेले उत्कृष्ट बचाउ गरिन् । लगत्तै रिबाउन्ड बललाई रेखा पौडेलले पोस्टको दिशा दिन सकिनन् । ४४औं मिनेटमा रेनुका नगरकोटीले दिएको लामो क्रसलाई रेखा पौडेल हेड गर्न सफल भइनन् ।
यससँगै पहिलो हाफ गोलरहित बराबरीमा सकियो । दोस्रो हाफमा म्यानमारले दुई गोल ग¥यो । ५५औं मिनेटमा घरेलु टोलीका लागि सावित्रा हेडर दोस्रो बार नजिकैबाट बाहिरियो । विमला विकको लामो प्रहार सावित्राले हेड गरे पनि पोस्टको दिशा दिन सकिनन् ।
६२औं मिनेटमा म्यानमारले यु पेर खिनको उत्कृष्ट गोलबाट अग्रता लियो । यु पेरले एकल प्रयासमा गोल गरेकी गरेका हुन् । पेनाल्टी बक्सको लेफ्ट साइडबाट उनले गरेको सट गोलमा परिणत भयो । दुई मिनेट पछि नै म्यानमारले दोस्रो गोल ग¥यो । मध्यभाग परबाट म्यानमारको फ्रिकिकलाई ध्यान नदिँदा नेपालले गोल बेहोर्न पुग्यो । म्यानमारकी कप्तान विन थिङ्गी तुनको गोलकिपर एन्जिलाले रोक्ने प्रयास गरे पनि सफल भइन् ।
म्यानमारले ६९औं मिनेटमा पनि गरेको लामो प्रहार बारमाथि लागेर बाहिरियो । एक मिनेटपछि नै नेपालको गोल फर्काउने प्रयास सफल भएन । लामो दूरीबाट रश्मिकुमारी घिसिङको प्रहार म्यानमारकी गोलकिपर म्योले मुस्किलले मुस्किलले बचाइन् ।
लगत्तै कर्नर प्रहारमा सरु लिम्बूको हेडर पनि गोलमा परिणत हुन सकेन । इन्जुरी समयमा सावित्राको फ्रिकिक पनि म्यानमारकी गोलकिपर म्योलले पन्च गर्दै असफल बनाइन् । त्यसपछिको समयमा पनि नेपालले गोल फर्काउन सकेन र फेरि उपाधिविहीन भयो । घरेलु मैदानमा पाँच महिनापछि नै नेपालले दोस्रोपल्ट फाइनल गुमाएको हो ।