कञ्चनपुर । कञ्चनपुरमा अखिल नेपाल किसान महासंघ (अप्फा) को जिल्ला भेला आयोजक समिति गठन गरिएको छ ।
शुक्लाफाँटा नगरपालिकामा सम्पन्न एक भेलाले टुङ्गे बोहराको संयोजकत्वमा महासंघको भेला आयोजक समिति गठन गरेको हो । समितिको सदस्यहरूमा भान बहादुर कार्की, बिन्तिराम चौधरी, सुस्मिता चौधरी र पुजा चौधरी रहनुभएको छ ।
कार्यक्रममा महासंघका केन्द्रीय सदस्य राजकुमार चौधरीको प्रमुख आतिथ्यता रहेको थियो ।
यस्तै, कञ्चनपुरमा संघीयताविरुद्ध राजधानी केन्द्रित आन्दोलन सफल पार्न विभिन्न योजना बनाइएको राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभएको छ ।
सो क्रममा राजमो जिल्ला अध्यक्ष एवम् आर्थिक समितिका संयोजक कार्कीको अध्यक्षमा सम्पन्न बैठकले आर्थिक योजना समेत बनाएको छ ।

राजमोले सञ्चालन गरिरहेको संघीयताविवरुद्धको आन्दोलनप्रति आम सर्वसाधारणको आकर्षणसमेत बढ्दै गइरहेको छ ।
सोही क्रममा सुक्लाफाँटा नगरपालिका १२ का नरबहादुर साउदले पार्टीको सदस्यता लिनु भएको छ।
राजमो सुदूरपश्चिम प्रदेश सचिव एवम् तराई मधेश जनवादी मोर्चाका महासचिवव राजाराम चौधरीले साउदलाई सदस्यता दिएर पार्टीमा स्वागत गर्नुभएको थियो ।