काठमाडौँ । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य विदुर सापकोटाको निधन भएको छ।
Advertisement
काठमाडौँस्थित हेल्पिङ ह्यान्ड हस्पिटलमा उपचारका क्रममा आज बिहान ३ः५० बजे उनको मृत्यु भएको पार्टीले जनाएको छ।
संविधान सभाका सदस्यसमेत रहेका उनी एकीकृत समाजवादीका बागमती प्रदेश सहइन्चार्जसमेत थिए।
नेकपा एकीकृत समाजवादीले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।