• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

कालीगण्डकी नदीमा महिलाको शव फेला

दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

महिला फुटबल प्रतियोगितामा नेपालले जित्यो कीर्गिस्तानलाई


  •   मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेपालले कीर्गिस्तानलाई सङ्घर्षपूर्ण जितस्वरूप १–० गोलले पराजित गर्दा विजय हासिल गरेको छ ।

    Advertisement

    २०८१ फागुन ५ गते सोमबारबाट दशरथ रङ्गशालामा सुरु भएको फोर नेसन्स इन्टरनेसनल वुमन्स फुटबल च्याम्पियनसिपअन्तर्गत नेपालले जित हासिल गरेको हो ।

    किर्गिस्तानसँग सुरुआतमा निकै आक्रामक खेलेको नेपालले गोल थप्न नसक्दा १० मिनेटको गोल नै निर्णायक बन्न पुग्यो ।

    खेलको १० मिनेटमा सविता रानामगरको पासमा नेपालकी बिमला चौधरीले हेडरमार्फत गोल गर्दै टोलीलाई पहिलो अग्रता दिलाएकी थिइन् । पहिलो गोल गर्दा नेपालले किर्गिस्तान विरुद्ध थप गोल गर्ने अनुमान धेरैले लगाएका थिए तर नेपालले खेल अवधिभर राम्रा अवसर पाएपनि गोल भने थप्न सकेन । त्यसकारण छ वर्षअघि ८–२ ले आफ्नो पक्षमा पारेको नेपालले अहिले १–० को सङ्घर्षपूर्ण जित निकाल्नुपऱ्यो ।

    पहिलो हाफको इन्जुरी समयमा रश्मिकुमारी घिसिङले हानेको बल गोलपोस्टको बारमा लागेर फर्कियो । रिबाउन्ड बललाई पुनः सविता रानाले प्रहार गरिन् । त्यो बलमा पनि पुनः बारमा लाग्न पुग्यो । बारबाट फर्किएको बललाई रेखा पौडेलले प्रहार गरिन् तर त्यसपटक भने किर्गिस्तानका डिफेन्डरले विफल बनाइदिए । खेलको एकासिऔँ मिनेटमा सविताको प्रहार किर्गिस्तानको गोलरक्षक बिट भए पनि गोलपोस्टभन्दा थोरै बाहिरबाट बाहिरिएको थियो ।

    खेलको अधिकांश समय नेपाल खेलमा आक्रामक बन्यो । नेपालले धेरै पटक डिबक्सभित्र बल पुऱ्याए पनि किर्गिस्तानका डिफेन्डरले त्यसलाई विफल बनाइदिए । खेलअघि नेपालका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले टोलीको बलियो पक्ष फरवार्ड लाइन भएको बताएका थिए ।

    कीर्गिस्तानसँग त्यही फरवार्ड लाइन चल्न सकेन । फुटबलकै स्टार सावित्रा भण्डारी र रेखा पौडेलले किर्गिस्तान विरुद्ध चमत्कार गर्न सकेनन् । रेखा सुरुआती टोलीमै थिइन् भने सावित्रा दोस्रो हाफमा मैदान प्रवेश गरेकी थिइन् । युरोपबाट बिहान मात्रै आएकी उनीले पहिलो खेलमै मैदान छिरेकी थिइन् । रेखा भने आइतबार नेपाल आएकी हुन् ।

    खेलका क्रममा बल अधिकांश समय नेपालको नियन्त्रण रहेको थियो । किर्गिस्तानका खेलाडीले मिडलाइन खासै पार गर्न सकेनन् । उनीहरू रक्षात्मक फर्ममा अधिकांश समय बिताए । नेपालले धेरैपटक गोलका लागि अवसर पायो तर फिनिसिङमा चुक्दा नेपालले एक गोलमा चित्त बुझाउनुपऱ्यो ।
    नेपालले दोस्रो खेल फागुन ८ गते लेबनान र फागुन ११ गते म्यानमारसँग खेल्नेछ । चार देश सम्मेलित च्याम्पियनसिपमा शीर्ष दुईमा रहने टोलीले फाइनल खेल्नेछन् ।

    मङ्गलबार, फागुन ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कालीगण्डकी नदीमा महिलाको शव फेला
    दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान
    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    भर्खरै

    • १.
      भारतीय प्रगतिशील विद्यार्थी आन्दोलनबाट नेपालले सिक्नुपर्ने पाठ

    • २.
      कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति

    • ३.
      कालीगण्डकी नदीमा महिलाको शव फेला

    • ४.
      दियो युवा क्लबद्वारा प्रगति टोलमा सरसफाइ अभियान

    • ५.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • ६.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ७.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ८.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.