काठमाडौं । तनहुँको बन्दिपुर गाउँपालिका ६ का अध्यक्ष बलबहादुर गुरुङले आफ्नै वडाका सचिव नवीन भुसाललाई कुटपिट गरेका छन् ।
वडास्तरीय भलिबल प्रतियोगिता सञ्चालन गरेको बिल स्वीकृत गर्न नमानेको भन्दै वडाध्यक्ष गुरुङले कुटपिट गरेको आरोप छ ।
सचिवमाथि कुटपिट गरेको आरोपमा वडाअध्यक्ष गुरुङ पक्राउ परेका छन् ।
तनहुँका प्रहरी प्रमुख एसपी वीरेन्द्रबहादुर शाहीका अनुसार गाउँपालिकाले वडासचिवमाथि कुटपिट भएको भन्दै जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको छ । सोही पत्रका आधारमा वडाध्यक्षलाई पक्राउ गरेको एसपी शाहीले बताए ।
‘कुटपिट भएको जानकारीसहित पालिकाबाट पत्र आएकोक छ। पत्र आएलगतै हामीले वडाध्यक्षलाई नियन्त्रणमा लिइसकेका छौँ।’, एसपी शाहीले भने।
वडाध्यक्ष भुसाललाई उपचारका लागि भरतपुर अस्पताल पठाइएको गाउँपालिकाका अध्यक्ष सुरेन्द्र बहादुर थापाले बताए।
उनले प्रहरीलाई आफै उपस्थित गराइदिन्छु भन्दा पनि वडाध्यक्षलाई पक्रेर लगेको बताए। वडाध्यक्ष गुरुङ नेकपा एमालेबाट निर्वाचित हुन्।
यता बन्दीपुर गाउँपालिकाका कर्मचारीहरूले दोषी वडाअध्यक्षलाई कारबाहीको माग गर्दै काम ठप्प पार्ने चेतावन दिएका छन्।