• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

भारतको भूवनेश्वरमा नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) को विरोध


  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • काठमाडौँ । भारतको भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युटमा बिटेकमा अध्ययनरत नेपाली विद्यार्थीमाथि ज्यादती भएकोमा अखिल (छैठौं) ले विरोध गरेको छ ।

    Advertisement

    अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८१ फागुन ५ गते सोमबार वक्तव्य जारी गर्दै अखिल (छैठौं) ले विरोध व्यक्त गरेको हो ।

    भारतीय विद्यार्थीको ज्यादतीबाट इन्स्टिच्युटमा अध्ययरत प्रकृति लम्सालले आत्महत्या गरेको, दुर्व्यवहार विरुद्ध आन्दोलन गर्दा इन्स्टिच्युट प्रशासनले नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको र कैयौँ विद्यार्थीलाई कलेजबाट निकालिएकोमा अखिल (छैठौं) ले आपत्ति प्रकट गरेको छ ।

    भारतमा नेपाली विद्यार्थीमाथि भइरहेको यस खालको ज्यादती विरुद्ध नेपाल सरकार र भारतस्थित नेपाली राजदूतावासले कुनै कदम नउठाएकोमा वक्तव्यमा विरोध व्यक्त गरिएको छ ।

    नेपाल सरकार र भारतस्थित नेपाली राजदूतावासले उच्चस्तरीय पहल गरी नेपाली विद्यार्थीको पढ्न पाउने हक सुरक्षित गर्दै शान्तिसुरक्षा कायम गर्न अखिल (छैठौं) ले माग पनि गरेको छ ।

    यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :

    “भारतीय राज्य ओडिसाको राजधानी भूवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) बिटेकमा नेपाली विद्यार्थीमाथि भएका घटनामा हाम्रो सङ्गठनको गम्भीर ध्यान आकर्षण भएको छ ।

    उक्त विश्वविद्यालयमा अध्ययनरत भारतीय विद्यार्थी आद्विक श्रीवास्तवले गर्दै आएको लगातारको दुर्व्यवहार सहन नसकेपछि केआइआइटी बिटेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालले आइतबार आत्महत्या गरेकी थिइन् ।

    उनलाई लगातार दुर्व्यवहार गर्ने र आत्महत्या गर्न विवश बनाउने भारतीय विद्यार्थीमाथि कारबाहीको माग गर्दै उक्त विश्वविद्यालयका नेपाली विद्यार्थीले आन्दोलन गरेपछि विश्वविद्यालय प्रशासनले सोमबार सबै नेपाली विद्यार्थीलाई कलेज छाड्न सूचना जारी गरेको छ । कैयौँ विद्यार्थीलाई गुण्डागर्दी शैली अपनाउँदै कलेजबाट जबरजस्ती निकालिएको छ र रेलवे स्टेसन लगेर छाडिएको छ ।

    घटनाको सत्यतथ्य छानबिन गर्ने, दोषीलाई कारबाही गर्ने, पीडित परिवारलाई न्याय दिने र विद्यार्थीलाई शान्ति सुरक्षाको प्रत्याभूति दिनुपर्ने विश्वविद्यालय प्रशासनले उल्टै नेपाली विद्यार्थीमाथि गम्भीर दुर्व्यवहार गरेको छ । विद्यार्थीको न्यायोचित मागलाई कुल्चेर समग्र नेपाली समुदायको आत्मसम्मानमा आघात पुऱ्याउने गरी प्रशासन प्रस्तुत भएको छ ।

    यसले एकातिर, विदेशस्थित नेपाली विद्यार्थीको दयनीय अवस्थालाई उजागर गरेको छ भने अर्कोतिर, विद्यार्थीको सुरक्षामा गम्भीर प्रश्न उठेको छ । विद्यार्थीहरू सडक र रेलवे स्टेसनमा अलपत्र पर्दा भारतस्थित नेपाली दूतावासले र नेपाल सरकारले घटनाको सम्बन्धमा उपयुक्त कदम चाल्न सकेका छैनन् ।

    हामीले उक्त विश्वविद्यालय प्रशासनको चरम लापरबाही, गैरजिम्मेवार र दुर्व्यवहारको भ्रत्सना गर्दछौँ । दोषीलाई कानुनी कारबाहीको माग गर्दछौँ । मृतकको परिवारलाई क्षतिपूर्ति दिन अनुरोध गर्दछौँ । साथै नेपाली विद्यार्थीको पढ्न पाउने अधिकारलाई सुनिश्चित गर्न र आवश्यक शान्तिसुरक्षाको प्रबन्ध गर्नसमेत अपिल गर्दछौँ । त्यसका साथै नेपाल सरकार र दूतावासलाई उच्चस्तरीय पहल गरी नेपाली विद्यार्थीको समस्या समाधानमा आवश्यक कदम अघि बढाउन अनुरोध गर्दछौँ अन्यथा त्यसको विरुद्धमा हाम्रो सङ्गठन आन्दोलनमा जाने चेतावनी दिन चाहन्छौँ ।

    अन्तमा, मृतक विद्यार्थी प्रकृति लम्सालप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।”

    सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.