वीरेन्द्रनगर । राष्ट्रिय जनमोर्चा सुर्खेतले सङ्घीयता खारेजीका लागि सभा सम्पन्न गरेको छ ।
राजमो वीरेन्द्रनगर नगर समितिको आयोजनामा २०८१ फागुन ४ गते आइतबार मङ्गलगढी चोक, यरीचोक, बाङ्गेसिमल, ट्याम्पोपार्क चोक र भैरवस्थान कालुचोकमा सभा सम्पन्न गरेको हो ।
कार्यक्रममा राजमो केन्द्रीय सदस्य रत्नविक्रम रानाप्यासी, राजमो कर्णाली प्रदेश समितिका अध्यक्ष पूर्णबहादुर शाही, राजमो सुर्खेतका सचिव विष्णुप्रसाद शर्मा, राजमो वीरेन्द्रनगर नगर समितिका अध्यक्ष हीरालाल नेपाली र नगर समितिकै सचिव हेमराज शर्मालगायतले सम्बोधन गर्नुभएको थियो ।
वक्ताहरूले सङ्घीयता कार्यान्वयनको सात वर्षे अनुभवले धेरै कुरा उल्लेख गरिसकेको बताउँदै सङ्घीयता खारेज नगरे नेपालको अस्तित्व विश्वको मानचित्रमा नरहने दाबी गर्नुभएको थियो ।
सङ्घीयता विरुद्ध राजधानीकेन्द्रित आन्दोलनअन्तर्गत उक्त कार्यक्रम सम्पन्न भएको आयोजकले बताएको छ ।