• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सङ्घीयताले नेपाललाई आर्थिक भार बोकाएको निष्कर्ष


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • खलङ्गा । नेपालमा सङ्घीयताले आर्थिक भार बोकाएको विभिन्न वक्ताहरूले निष्कर्ष निकालेका छन् ।

    Advertisement

    राष्ट्रिय जनमोर्चा प्युठानले २०८१ फागुन ४ गते आइतबार जुम्रीमा आयोजित अन्तर्क्रिया कार्यक्रममा मन्तव्य राख्दै उनीहरूले सो धारणा व्यक्त गरेका हुन् ।

    “नेपालको सन्दर्भमा सङ्घीयताको औचित्य” विषयक सो कार्यक्रममा बोल्ने बक्ताहरुले सङ्घीयताले देशमा आर्थिक भार बोकाउनुका साथै राजनैतिक अराजकताको स्थितिसमेत सिर्जना गरेको बताए ।

    कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले नेपालको सापेक्षतामा सात वर्षे अवधिमा सङ्घीयताले राज्यकोषको दुरुपयोगबाहेक अन्य उपलब्धि हुन नसकेको औल्याए ।

    राजमो लुम्बिनी प्रदेश समितिकाका अध्यक्ष बोमबहादुर खत्रीले अवधारणापत्र प्रस्तुत गर्दै सङ्घीयता खारेजी गरी प्रजातान्त्रिक

    विकेन्द्रीकरणमाथि आधारित एकात्मक शासन व्यवस्था आवश्यक रहेको औल्याउनुभयो ।

    ‘सङ्घीयताका विभिन्न दुष्परिणाम देखा पर्दै आएका छन्’ खत्रीले भन्नुभयो– ‘यसको खारेजीको विकल्प छैन ।’

    सङ्घीयताको आर्थीक भार देशले धान्न नसक्ने उहाँको तर्क थियो ।

    कार्यक्रममा राजमो केन्द्रीय सदस्य कृष्णबहादुर खड्का, राजमो लुम्बिनी प्रदेश समितिका सल्लाहकार सुरेश थापा, नेकपा (मसाल) ५ नम्बर ब्युरोका प्रवक्ता तिलक जिसीले पनि सम्बोधन गर्दै सङ्घीयताका कारण देश ठुलो सङ्कटमा परेको भन्दै खारेजीको लागि सबै सचेत नेपाली खबरदारीमा लाग्न अपिल गर्नुभयो ।

    राजमो प्युठानका अध्यक्ष ज्ञामुराम न्यौपानेले देश आर्थिक सङ्कटमा फस्दै गएको बताउँदै विदेशी ऋणबाट देश कहिलेसम्म चल्छ भनेर प्रश्न गर्नुभयो ।

    उहाँले सङ्घीयता खारेजीको अभियानमा लाग्न सम्पूर्ण देशभक्त नेपालीसित आग्रहसमेत गर्नुभयो ।

    कार्यक्रममा नेकपा (एकीकृत समाजवादी) प्युठानका अध्यक्ष भोजविक्रम बुढामगरले सङ्घीयताको सही प्रयोग नभएका कारण यसको सुदृढीकरण आवश्यक रहेको औल्याउनुभयो ।

    नेकपा (एमाले) प्युठानका उपाध्यक्ष माधव शर्माले सङ्घीयताका केही विकृति देखिए पनि प्रयोगकै चरणमा रहेकाले अहिले नै यसबारे निर्क्यौल गर्न नसकिने बताउनुभयो ।

    त्यसतै, नेकपा (माले) का सचिव तिलविक्रम केसी र नेकपा (क्रान्तिकारी माओवादी) का सचिव टीकाराम पौडेलले राजनैतीक बेथिती बढ्दै गरेकोले यस विषयमा व्यापक छलफल आवश्यक रहेको बताउनुभयो ।

    स्वर्गद्वारी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख मोहन गिरीले सङ्घीयताले देशलाई ठुलो आर्थिक क्षति पुऱ्याएको बताउनुभयो ।

    प्युठान नगरपालिकाका पूर्वमेयर अर्जुनकुमार कक्षपतिले सङ्घीयताको सन्दर्भमा समयमै बहस हुन आवश्यक रहेको बताउनुभयो ।

    प्युठान क्याम्पसका प्रमुख कल्पना खड्काले सङ्घीयता लागु भएको सात वर्षे अनुभव सँगालिसकेकाले यसको विषयमा व्यापक बहस आवश्यक रहेको बताउनुभयो ।

    स्वतन्त्र नागरिक मञ्च प्युठानका संयोजक सुमन सुवेदीले सङ्घीयताले विकासभन्दा छोटे राजाको सिर्जना मात्रै गरेको बताउनु भयो ।

    राजमो प्युठानले आगामी चैत २४ देखि ३० गतेसम्मको सङ्घीयता खारेजीका लागि काठमाडौँकेन्द्रित आन्दोलनको तयारीको सिलसिलामा सो कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ ।

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.