• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

कुँवरको उपचारका लागि गल्कोट समाज टोकियो कान्तोद्वारा तीन लाख बढी सहयोग

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

  • ३. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ४. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ५. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ६. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ७. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

अमेरिकामा लुकीछिपी बसेका नेपालीलाई फिर्ता ल्याउन सांसद केसीको आग्रह


  •   आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
  • काठमाडौँ । राष्ट्रिय जनमोर्चाका अध्यक्ष तथा प्रतिनिधिसभाका सांसद चित्रबहादुर केसीले अमेरिकामा लुकीछिपी बसेका नेपाली नागरिकलाई नेपाल फिर्ता ल्याउन आग्रह गर्नुभएको छ ।

    Advertisement

    २०८१ फागुन ४ गते आइतबार प्रतिनिधिसभाको आकस्मिक समयमा लिखित मन्तव्य राख्दै उहाँले सो आग्रह गर्नुभएको हो ।

    अहिले भारतीय नागरिकलाई नेल, जन्जिर र हत्कडी लगाएर अमेरिकाबाट फिर्ता ल्याइएको प्रसङ्ग अगाडि सार्दै उहाँले नेपाली नागरिकहरू पनि गैरकानुनी प्रकारले बसेको भए अहिले नै स्वदेश फिर्तीका लागि पहल गर्न आग्रह गर्नुभयो ।

    अमेरिकाले विदेशी नागरिकलाई नेल, जन्जिर हत्कडी लगाएर फिर्ता पठाउनु मर्यादाको घोर उल्लङ्घन तथा मानवअधिकारको धज्जी उडाउने कार्य भएको उहाँको ठहर थियो ।

    यस्तो छ, अध्यक्ष केसीद्वारा वाचित मन्तव्य :

    “विश्वको जुनसुकै कुनामा बसेको भए पनि बिनाभेदभाव समानता, स्वतन्त्रता र मानवीय मर्यादाको अधिकार सबै नागरिकले उपयोग गर्न पाउनुपर्ने मानवअधिकारको विश्वव्यापी घोषणापत्रको आधारभूत भावना हो । अमेरिकाले भारतीय नागरिकलाई हातखुट्टामा नेल, जन्जिर र हत्कडी लगाएर उनीहरूको मर्यादाको ठाडो उल्लङ्घन गरेर स्वदेश फिर्ता (डिपोर्ट) गर्ने कार्यले पश्चिमाले दुहाइ दिँदै आएको मानवअधिकारको विश्वव्यापी रूपमै धज्जी उडेको छ ।

    भारतीय नागरिकलाई नेल, हत्कडी र जन्जिर लगाउनु अमेरिकाको घोर अमानवीय र मानवअधिकार विरोधी हरकत हो । नेपालका पनि सयौँ नागरिक गैरकानुनी रूपमा अमेरिकामा लुकिछिपी बसोबास गरिरहेका समाचार आइरहेका छन् । नेपाली नागरिकलाई पनि मानवअधिकार हनन् हुने गरी अमेरिकाद्वारा नेल, हत्कडी र जन्जिर लगाएर अमानवीय तरिकाबाट फिर्ता पठाउने कार्य नहोस् भनेर अहिलेदेखि नै सचेत हुनुपर्ने आवश्यकता छ । यदि यो विषयमा ध्यान नदिइएमा विश्व समुदायका बिच नेपालको प्रतिष्ठामा समेत आँच पुग्न सक्दछ । त्यसैले यदि अमेरिकामा गैरकानुनी तबरबाट नेपाली नागरिक लुकिछिपी बसेका छन् भने नेपाल फिर्तीका लागि आवश्यक व्यवस्था मिलाउन सम्माननीय सभामुखमार्फत् सरकारको ध्यानाकर्षण गराउँछु ।”

    आइतबार, फागुन ०४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए
    अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी
    इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक
    राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु
    बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)
    भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      भारत पुगेर ‘मुनरो डक्ट्रिन’ वाला मन्त्री वाग्लेले दिए कम्युनिस्ट विरोधी अभिव्यक्ति

    • ३.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ४.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ५.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    भर्खरै

    • १.
      भुटानमा बाढी आयो, हिमताल फुटेको आशङ्का

    • २.
      नेतान्याहूले बहुमत गुमाएपछि इजरायलको राजनीति विवादित

    • ३.
      कञ्चनजङ्घा क्षेत्रमा २५० पर्यटक रोकिए

    • ४.
      अर्नब चक्रवातको प्रभाव पर्दै, भारी वर्षा र हिमपातको चेतावनी

    • ५.
      इनमसँगको म्यासेज प्रकरण : शुक्रबार सर्वोच्चको फुलकोर्ट बैठक

    • ६.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ७.
      बडादसैँ र तिहारको उमङ्गमा पाँचौँ पिवाइएससी कप सुरु (फोटासहित)

    • ८.
      भालुबाङ अस्पतालमा स्क्रब टाइफसका बिरामी बढे

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.