काठमाडौं । लामो समयसम्म कोरोना संक्रमित नदेखिएको कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ । मंगलबार सुर्खेतमा १२ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कर्णाली प्रदेशमा संक्रमितको संख्या २३ पुगेको छ ।
Advertisement
प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार पीसीआर परीक्षण गर्दा वीरेन्द्रनगरका १० र सिम्ता गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।
बबई र सुब्बाकुना नाका तथा खुलामञ्चस्थित क्वारेन्टिनबाट संकलित स्वाब परीक्षण गर्दा १२ रिपोर्ट पोजिटिभ आएको हो ।
यसअघि सुर्खेतका बराहतालमा २ र चौकुनेमा १ जनामा संक्रमण पुष्टि भइसकेको छ।
