गैडाकोट (नवलपुर) । सङ्घीयता खारेजीका लागि आयोजित काठमाडौँकेन्द्रित आन्दोलनको तयारीको सिलसिलामा राष्ट्रिय जनमोर्चा नवलपुरमा पत्रकार भेटघाट तथा सिट्ठी फुक्दै कोणसभा सम्पन्न गरेको छ ।
२०८१ फागुन ३ गते शनिबार गैँडाकोटमा पत्रकार तथा अन्य दुई स्थानमा कोणसभा तथा सिट्ठी फुक्ने कार्यक्रम सम्पन्न भएको हो ।
पत्रकारले सोधेका जिज्ञासाको उत्तर राजमो केन्द्रीय सदस्य दीपक पाण्डेले दिनुभएको थियो ।

राजमो नवलपुरद्वारा आयाजित सो कार्यक्रमअन्तर्गत पत्रकार भेटघाटमा जिल्ला अध्यक्ष गिरबहादुर महतराले प्रेसवक्तव्य सार्वजनिक गर्नुभएको थियो ।
आजै कालीगण्डकी चोकमा अघि बढेको कोणसभामा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का महासचिव शालिकराम सापकोटा र मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका नेता प्रेम सापकोटाले सम्बोधन गर्नुभएको थियो ।

सभाको अध्यक्षता राजमो नवलपुरका उपाध्यक्ष ऋषिराम कँडेलले र सञ्चालन राजमो जिल्ला सदस्य छविलाल सापकोटाले गर्नुभएको थियो ।
त्यस्तै, कालिकाचोक आयोजित कोणसभालाई नेकपा (मसाल) नवलपुरका प्रवक्ता चन्द्र सापकोटा र राजमो नवलपुरका अध्यक्ष गिरबहादुर महताराले सम्बोधन गर्नुभएको थियो।

कोणसभाको सञ्चालन मूल प्रवाहका नेता प्रेम सापकोटाले गर्नुभएको थियो ।
