काठमाडौँ । पोखरा भ्रमण वर्ष–२०२५ को उद्घाटनका क्रममा उडाउन राखिएको बेलुन पड्कँदा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल र पोखराका मेयर धनराज आचार्य घाइते भएका छन् ।
Advertisement
२०८१ फागुन ३ गते शनिबार आयोजित कार्यक्रममा अटोमेटिक स्विच थिचेपछि बलेको बत्तिको ज्वाला हाइड्रोजन भरिएको बेलुनमा पुग्दा विस्फोट भएको हो ।
सामान्य घाइते मन्त्री पौडेलको गण्डकी अस्पतालमा प्रारम्भिक उपचारपछि काठमाडौँ ल्याइएको छ । पौडेललाई थप उपचारका लागि कीर्तिपुरस्थित बर्न हस्पिटल ल्याइएको उनको सचिवालयले जनाएको छ ।
उनलाई शनिबार अपराह्न सिम्रिक एयरको हेलिकोप्टरमार्फत काठमाडौँ ल्याइएको हो ।
गालामा सामान्य चोट लागेका मेयर आचार्यको उपचार पोखराको फिस्टेल अस्पतालमा भइरहेको छ ।
पोखरा भ्रमण वर्षको उद्घाटन कार्यक्रम पोखरा–९ नयाँबजारमा रहेको प्रदर्शनी केन्द्रमा चलिरहेको छ ।