बुर्तिबाङबजार (बागलुङ) । अन्तर्राष्ट्रिय नेपाली एकता समाजका अध्यक्ष शक्तमान बुढाथोकी सम्मानित हुनुभएको छ ।
बागलुङ ढोरपाटन नगरपालिका–४ हुन्द्राफेदीस्थित प्रकाश माध्यमिक विद्यालयले बुढाथोकीलाई सम्मान गरेको हो ।
सोही वडाको तोसबाङ घर भई हङकङलाई कर्मथलो बनाउनुभएका बुढाथोकीलाई २०८१ फागुन २ गते आयोजित एक कार्यक्रममाझ विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक, बुद्धिजीवीलगायतले समान गरेका थिए ।
बागलुङ समाज हङकङका समेत अध्यक्ष रहनुभएका बुढाथोकीलाई तिस हजार रुपियाँ बराबरको पाँच थान डेस्कबेन्च सहयोग गर्नुभएको भन्दै सो विद्यालयले सम्मान गरेको बताइएको छ ।

उहाँले संलग्न संस्थामार्फत विभिन्न प्रकोपमा परेका व्यक्ति तथा संस्थालाई समेत आर्थिक सहयोग गर्ने काममा नेतृत्वदायी भूमिका खेलिरहनुभएको जानकारी कार्यक्रममा दिइएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले आगामी दिनमा पनि यस विद्यालयलाई व्यक्तिगत र संस्थागत रूपमा सकेको सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो ।
