गोरखाबजार । राष्ट्रिय जनमोर्चा गण्डकी प्रदेश समितिले गोरखा र तनहुँमा सङ्घीयताको विरोधमा हस्ताक्षर अभियानसँगै कोणसभा सम्पन्न गरेको छ ।
राजमो केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश समितिका अध्यक्ष शङ्कर बराल नेतृत्वको टोलीले २०८१ माघ २८ गते सोमबार दुवै जिल्लामा कार्यक्रम सम्पन्न गरेको हो ।
गोरखाको सदरमुकाम गोरखाबजारमा र तनहुँको सदरमुकाम दमौलीबजारमा सम्पन्न सो कार्यक्रममा अध्यक्ष बरालले सङ्घीयता खारेजीका लागि चैत २४–३० गतेसम्म आयोजित काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारप्रसारस्वरूप सो कार्यक्रम सम्पन्न गरिएको जानकारी दिनुभएको थियो ।
उहाँले सङ्घीयता खारेज नगरेसम्म देशको विकास निर्माण ठप्प हुने मात्रै नभएर सामाजिक सद्भाव खलबलिन जाँदा देशको राष्ट्रियता, सार्वभौमसत्ता र भौगोलिक अखण्डता नै समाप्त हुने बताउनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल युवक सङ्घका अध्यक्ष गणेश अधिकारी, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका महासचिव सन्तोष पौडेल, राजमो गण्डकी प्रदेश समितिका सदस्य तथा कास्की जिल्लाका अध्यक्ष रविमोहन ढकाल, अखिल (छैठौं) गण्डकी प्रदेश समितिका अध्यक्ष सोमनाथ अधिकारी र राजमो गोरखाका ऋषि न्यौपानेले पनि सम्बोधन गर्नुभएको थियो ।
