सन्तोष सुनार, सन्धिखर्क ।
Advertisement
सङ्घीयता विरोधी काठमाडौँकेन्द्रित आन्दोलनको प्रचारप्रसारस्वरूप अर्घाखाँचीको पाणिनी दुर्गाफाटमा कोणसभा सम्पन्न भएको छ ।
राजमो लुम्बिनी प्रदेश सल्लाहकार शेरबहादुर बिसीको प्रमुख आतिथ्यमा २०८१ माघ २७ गते आइतबार सो कार्यक्रम सम्पन्न भएको हो ।
सो अवसरमा मन्तव्य राख्दै उहाँले राष्ट्रिय जनमोर्चा सैद्धान्तिक रूपमा सङ्घीयता विरोधी नभए पनि नेपालमा आर्थिक, भौगोलिक, राजनैतिक रूपले उपयुक्त नभएको बताउनुभयो ।
‘सङ्घीयताका कारण अहिले मुलुक ऋणको भारी बोक्नुपरेको छ’ उहाँले भन्नुभयो– “सङ्घीयताका कारण देश टुक्रिन पनि सक्छ ।’
राजमो अर्घाखाँचीका सल्लाहकार देवीप्रसाद भुसालको अध्यक्षता तथा जिल्ला सदस्य सावित्रा घिमिरेको सञ्चालनमा अघिबढेको उक्त कार्यक्रमलाई जिल्ला उपाध्यक्ष गोपाल पौडेलले पनि सम्बोधन गर्नुभएको थियो ।