• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
सोमबार, असोज ०५, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

बाबुआमालाई घरनिकाला गरेर मानवसेवाको पाखण्ड नगरौँ


  •   शनिबार, माघ २६, २०८१ मा प्रकाशित
  • मेघराज भट्टराई ##

    Advertisement

    हामी नेपाली प्रकृतिसँग यसरी जोडिएका थियौँ कि हाम्रो जीवन यसैमा टिकेको थियो; जस्तो कि पहाडका गाउँघरमा पाँच/सातओटा गाईगारु, पाँच/सातओटा बाख्रा, एकदुईटा भैँसी, अलिकति पाखोबारी, एउटा सानो घर र गोठ, अलिकति खेत, सानो खरबारी भए हामी सजिलै बाच्न सक्थ्यौँ । हामीले यिनै सम्पत्तिको उपयोग गरेर ठुला भयौँ । यसैबाट जीवन निर्वाह भयो । यसरी गाउँघरमा हामीलाई चाहिने आधारभूत कुरा उपलब्ध भएको थियो ।

    खेती गर्न चाहिने खेतबारी, मलको स्रोत गाईगोरु, भैँसी, बाख्रा हामीसित थिए । ती जनावर बाच्नका लागि खर, घुर, पराल, डालेघाँस, आफ्नो डोरामा या नजिकको वनमा निःशुल्क उपलब्ध थियो । खाना पकाउने इन्धनको काम दाउरा वा गोबरको गुँइंठाबाट गरिन्थ्यो । उज्यालोको लागि सल्लाको रुखबाट दियालो काटिन्थ्यो, त्यो पनि आफ्नो बारी, खरबारी या नजिकको वनबाट । घर छाउने वनकसी खर आफ्नैमा निःशुल्क थियो । गाईगोरु मरेपछि छालाबाट जुत्ता बनाउने, भेडाच्याङ्ग्राबाट तातो जुत्ता, कोट, ज्याकेट, बख्खु बन्ने अर्थात् हामीलाई पैसा चाहिने भनेको त्यो बेला नुन, मट्टितेल, वर्षको दुई जोर कपडाका लागि थियो ।

    स्कुलमा फी न्यून थियो । सबै सरकारी स्कुलमै पढेका हौँ हाम्रो पुस्ताले । गाउँघर, वनपाखा, पानीपधेरो, खेतीपाती सबै गाउँमा सँगै हुन्थ्यो ।

    सबैले मकै भाँच्ने बेला सँगै सुरु हुन्थ्यो । श्रम साझा गरेर अर्थात् परिमो गरेर, ऐँचोपैचो गरेर जीवन चलेको हुन्थ्यो ।

    हाम्रा मेलापर्व रमाइलो गरी मनाउने नेपाली जातिमा आर्थिक अभाव थियो तर त्यसको प्रभाव खासै परेन । दुःख अवश्य थियो । फेरि पनि हामी शारीरिक दुःखलाई मानसिक रोगी बनेर जीवन बर्बाद गर्नतिर कोही लागेनौँ । हामी पैसा कमाउन परदेश जान्थ्यौँ, वर्षदिन, एक महिनामा घर फर्की आउथ्यौँ । गीतसङ्गीत, मुरली, मादल, मुर्चुङ्गा, बासुरी, सहनाई बाजा, खैजडी हाम्रा सङ्गीतका माध्यम हुन्थे । ती वाद्यवादन सामान स्वयम् नेपालीले बनाउँथे ।

    गाउँमा दर्जीलाई भ्याइनभ्याइ हुन्थ्यो । आरने दाइलाई कालोमैलो भएर पनि खलाँतीमा बस्नुपथ्र्यो । घन ठोकेर औजार गाउँघरमैँ बनेको थियो ।

    घास, खर, घुर्रो, बास, चोया, खेतीपाती तिनै औजारबाट गरिन्थ्यो । गाडी, मोटर थिएन । घण्टौँ पैदल हिँडेर हाटबजार, मेलादेखि सन्देश पु¥याउने काम हामीले हिँडेरै गरेका हुन्थ्यौँ ।

    पैसाको महत्त्व गरिबका लागि इमान बेचेर कमाउनुपर्नेसम्मको थिएन । हामी पूरा पूरा प्रकृतिसँग जोडिएका थियौँ । न पानीको बिल तिर्नुपरोस्, न ग्याँस किन्नुपरोस्, न बिजुलीको महसुल तिर्नुपरोस्, न खेतबारीमा विषादी छिँट्नुपरोस्—सबै पारम्पारिक रूपमा प्राकृतिक थिए । दुःख भएर पनि खुसी थियौँ । भजन, झ्याउरे, देउडा, दोहोर जस्ता गीतसङ्गीतबाट पिरव्यथा बिर्साउने गथ्र्यौं । हामी यस्तै थियौँ ।

    परिवार सगोलको हुन्थ्यो । यसमा भावनात्मक सम्बन्ध सुमधुर थियो । बाजे, बोई, जेठो बा, माइलो बा, कान्छो बा, फुपू, दाइभाइ, दिदीबहिनी सबैको मानसम्मान, मायाममता जोडिएको हुन्थ्यो । वृद्धाश्रमको नाम सुनेका थिएनौँ हामीले । गाउँघरका श्रम सँगै गर्ने हुँदा सम्बन्ध पनि प्रगाढ थियो एकार्काप्रति ।

    सडक, कुलो, चौतारो, मठ, स्कुल जनश्रमदानबाट निर्माण गरिन्थ्यो । तिज आउन लाग्दा पिङ हालेर आमा, दिदीबहिनी, चेलीबेटीलाई मनको बह पोख्ने सामूहिक ठाउँ बनाएका हुन्थ्यौँ । दशैँमा खसीबोका, राँगापाडा, कुखुरा खाने गरिन्थ्यो । ती सबै प्रायः आफूले पालेका हुन्थे ।

    तिहारमा देउसीभैलो खेलिन्थ्यो ।

    आज एकादेशको कथाजस्तो लाग्ने भयो, चिनीरोग, प्रेसर, पायल्स, फिस्टुला, भगन्दर, थाइराइडजस्ता रोग । त्यसका नामसम्म हामीलाई थाहा थिएन । उकालोओरालो गर्दा शारीरिक श्रम हुन्थ्यो । रोगले मान्छेलाई धेरै दुःख दिने अवस्था कम थियो । हामी स्वाभिमानी, इमानदार थियौँ ।

    एउटा पञ्चायतको मान्छे, एकले अर्कोलाई चिन्थ्यौँ । बोलीको ठेगान हुन्थ्यो । विश्वास कायम थियो ।

    आज यी सबै काल्पनिक कथाजस्तो लाग्न सक्छ । जब देशमा नवउदारवादी नीति भित्रियो, सबै चिजमा पैसाको स्थान पहिलो हुन गयो । वन छ, काठ छुन पाइन्न । गाईबाख्राका लागि घास काट्न पाइँदैन । नदी बगेको छ, खेतबारी सिँचाइ गर्न दिइँदैन । यही कारण पशुपालन रोकियो ।

    मल पाइएन उत्पादन हुन छोड्यो । वर्षा हुन छोड्यो । खेतीपाती भए पनि खेतबारी बाझो भए ।

    जब बैङ्कका नाममा लुटेरा आए, समाजमा विश्वास हरायो । भावनात्मक सम्बन्ध हराउँदै गयो । मान्छेलाई रासायनिक मल, औषधी, खाने कुरामा लिप्त बनाइयो र रोगी हुँदै गए । पर्यावरण जोगाउने नाममा हामीलाई वन छिर्न नदिने तर साम्राज्यवादीहरू आणविक भट्टी चलाउने, वनमा डढेलो लगाउने प्रकृतिको दोहन गर्न लागे ।

    नेपाली समाजलाई खन्डित पार्न द्वन्द्वयुक्त क्रियाकलाप गराउने विभिन्न एनजिओ/आइएनजिओमार्फत धर्म परिवर्तन गराउने, साम्प्रदायिक द्वन्द गराउनका लागी ठुला लगानी नेपाल भित्रियो । हाम्रो मौलिकता संस्कार, सभ्यतामा खलल पु¥याएर देशलाई द्वन्द्वमा लैजाने काम भयो ।

    गाउँबाट निकालिएको मान्छे फर्केर गाउँ जान सकेन । सहरको बसाइ अत्यधिक महँगो भयो । मान्छेले मान्छे बेच्न थाल्यो । चेलीबेटीहरू दिल्ली, बम्बई, कलकत्ताजस्ता भारतीय सहरमा विक्री गर्न लगियो । कसैको विश्वास रहेन ।

    आधुनिकताको नाममा बुबाआमालाई सडकको बास गराइयो । छोराछोरीलाई होस्टलमा राख्ने क्रियाकलाप गर्दा मान्छे रोबोटजस्तो भावनाविहीन क्रुद्ध बन्यो । पैसाको पछाडि इमानजमान, नैतिकता सबै बेचेर राष्ट्रघाती दलाल बन्न विवश भयो ।

    भ्रष्टाचार, व्यभिचार, जालीफटाह बनेर जसरी भए पनि पैसाको पछि दौडिरहेको छ । अबको नेपालमा बिनापैसा सास फेर्न पनि नसक्ने भयो ।

    यो सब दलाल पुँजीवादी व्यवस्थाको देन हो । यसले केवल पैसालाई मात्र महत्त्व दियो । आमाबाबालाई असहाय बनायो । कमजोर मान्छेलाई पनि बाच्ने हक छ, उसको स्याहारसुसार गर्दा मन्दिर जानुपर्दैन भन्ने नेपाली समाज अब बुढा बाबाआमालाई घरनिकाला गर्छ; आश्रम पठाउँछ अनि यज्ञ लगाएर मानवसेवाको पाखन्ड गर्छ । न राज्यले हेर्छ, न परिवारले । असहाय मान्छे बनाउन छोडेपछि यो महायज्ञ लगाउन पर्दैन, कि कसो ? अबको लडाइँ यो दलाल पुँजीवाद विरुद्धहुनु पर्दैन र ?

    शनिबार, माघ २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.