बसन्तराज गोराथोकी, खलङ्गा ।
प्युठान जिल्लाको भानुभक्त माध्यमिक विद्यालय बरबोटमा अखिल (छैठौं) को एकाइ समिति गठन भएको छ ।
केन्द्रीयसचिव जीवन नेपालीको प्रमुख आतिथ्यमा २०८१ माघ २४ गते बिहीबार सम्पन्न भेलाले सो समिति गठनगरेको हो ।
केन्द्रीय सदस्य तथा प्युठान जिल्ला इन्चार्ज सेवक भट्टराईको विशेष आतिथ्य रहेको सो कार्यक्रममा केन्द्रीय वैकल्पिक सदस्य तथा प्युठान जिल्ला उपाध्यक्ष सावित्रा नेपालीको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रमको सञ्चालन केन्द्रीय पार्षद सदस्य बसन्तराज गोराथोकीले गर्नुभएको थियो ।
भेलाले सदीक्षा पोख्रेल अध्यक्ष रहनुभएको १९ सदस्यीय एकाइ समिति गठन गरेको छ ।
समितिको उपाध्यक्षमा राहुल परियार, सचिवमा झरना थापा, सहसचिवमा शोभा जिसी र कोषाध्यक्षमा मान्यता गिरी रहनुभएको छ ।
त्यस्तै, सदस्यमा शिवलाल खनाल, अञ्जिता खत्री, आशिका जिसी, नवीन पौडेल, शिखर जिसी, अभिनय गुरुङ, शीला घर्तीमगर, अजित गिरी, विपिसा परियार, टङ्क नेपाली, तुफान जिसी, रबिन जिसी, अस्मिता केसी र असीम नेपाली रहनुभएको छ ।