• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शनिबार, साउन ०९, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

उच्च अदालतले सम्बन्धविच्छेदमा ६४ करोड डलर तिर्न आदेश

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. जुन गाउँले मलाई धेरै दियो

  • ६. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ७. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ८. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ९. जीवन र मृत्यु

  • १०. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

सामाजिक सञ्जालसम्बन्धी विधेयकको मसालद्वारा विरोध


  •   सोमबार, माघ २१, २०८१ मा प्रकाशित
  • काठमाडौँ । नेकपा (मसाल) ले सामाजिक सञ्जाल नियमन गर्ने नाममा ल्याएको विधेकको विरोध गरेको छ ।

    Advertisement

    सामाजिक सञ्जाललाई नियमन गर्न आवश्यक रहे पनि प्रेस स्वतन्त्रतामाथि नै प्रतिबन्ध लगाउने कैयौँ विषय सामेल गरिएको भन्दै मसालले विरोध गरेको हो ।

    प्रवक्ता रामप्रकाश पुरीको हस्ताक्षरमा २०८१ माघ २१ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै पार्टीले यो विधेयकमार्फत सरकारले राज्यशक्तिको दुरुपयोग बढाएर लैजान सक्ने आशङ्का व्यक्त गरेको छ ।

    वक्तव्यमा प्रेस स्वतन्त्रता तथा जनताको मौलिक अधिकारको सुरक्षा हुने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिएको छ ।

    त्यस्तै, वक्तव्यमा पाथीभरा केबलकार निर्माण विवादमा केबलकार निर्माण हुनुपर्ने तर त्यस क्रममा स्थानीय जनताको संस्कृतिको संरक्षणमा ध्यान दिनुपर्ने बताएको छ ।

    केबलकारको स्टेसन मन्दिरभन्दा केही दुरीमा हुनुपर्ने तर त्यो विषय दुरी स्थानीय जनता र केबलकार सञ्चालकको सहमतिमा तय गरिनुपर्ने मसालको मत छ ।

    यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ :

    “सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । हाम्रो स्पष्ट धारणा छ कि सामाजिक सञ्जालको दुरुपयोग गरेर व्यक्तिको चरित्रहत्या गर्ने, गालीगलौज गर्ने, व्यक्तिगत गोपनीयतालाई भङ्ग गरिदिने, छाडा र अश्लील क्रियाकलाप सम्प्रेषण गर्नेजस्ता क्रियाकलापमाथि नियन्त्रण र नियमन गरिनुपर्ने आवश्यकता छ तर त्यसलाई नियन्त्रण र नियमन गर्नेभन्दा पनि प्रेस स्वतन्त्रतामाथि नै प्रतिबन्ध लगाउने प्रकारका कैयौँ विषय यस विधेयकमा समावेश रहेका छन् । विधेयकले ‘वर्ग’ लगायत कतिपय सामाजिक र राजनीतिक विसङ्गतिको विरुद्ध विरोध गर्न पाउने प्रेस स्वतन्त्रतालाई नियन्त्रण गर्न खोजेको र कतिपय द्विअर्थी लाग्ने प्रावधानले राज्यशक्तिको दुरुपयोगलाई बढाएर लैजाने स्पष्ट छ । यस प्रकारको अवस्थामा हाम्रो पार्टीले त्यस प्रकारको विधेयकको विरोध गर्दछ र प्रेस स्वतन्त्रता एवम् जनताको मौलिक अधिकारको सुरक्षा हुने गरी कानुन निर्माण हुनुपर्नेमा जोड दिन्छ ।

    पाथीभरामा केबुल सञ्चालनसम्बन्धी भइरहेको विवादप्रति पनि हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । विकासकार्यलाई वृद्धि गरेर लैजानुपर्ने कुरालाई हामीले सही मान्दछौँ र त्यस प्रकारको कार्यलाई पर्यटन विशेष स्थलमा पनि सुदृढ गरेर लैजानुपर्दछ । संसारभरि महत्त्वपूर्ण स्थान, धार्मिक वा पर्यटकीय स्थलमा केबुलकार वा सडक सुविधाको व्यवस्था गर्ने प्रचलन रहँदै आएको छ । त्यसैले पाथीभरामा केबुलकार सञ्चालनमा ल्याउने कार्यलाई हामीले गलत मान्दैनौँ तर त्यसका साथै अर्को पक्षतर्फ पनि हाम्रो ध्यान छ कि त्यहाँका जनताको संस्कृतिको संरक्षण, सम्बर्द्धन र विकासको पक्षलाई पनि राज्यले गम्भीर रूपले सम्बोधन गर्नुपर्दछ । त्यसरी त्यहाँ विकासको कार्य र जनताको संस्कृति तथा सभ्यताको संरक्षणको बिचमा सही र उपयुक्त योजना बनाउनुपर्नेमा राज्यको गम्भीर ध्यान जानुपर्दछ भन्ने हाम्रो दृढ मत रहेको छ । यसका साथै पाथीभरामा केबुलकारको स्टेसन धार्मिक स्थलभन्दा केही दुरीमा टाढा हुनु अनिवार्य छ र त्यो कति दुरीमा हुने भन्ने कुरा त्यहाँका जनता र केबुलकार सञ्चालकको आपसी सहमति र सल्लाहबाट निश्चित गरिनुपर्नेमा हामीले जोड दिन्छौँ ।”

    सोमबार, माघ २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा
    वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का
    राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
    आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना
    वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      जुन गाउँले मलाई धेरै दियो

    • ६.
      अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

    भर्खरै

    • १.
      स्वास्थ्य बिग्रिएपछि अनशनरत डा केसी सेती अस्पतालमा

    • २.
      वास्तविक नक्सासहित तयार हुँदै एक रुपियाँको सिक्का

    • ३.
      अन्तत: झुक्यो सरकार : भारतीय शिक्षामन्त्री प्रधानको राजीनामा

    • ४.
      राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दै केन्द्रीय बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

    • ५.
      यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    • ६.
      आजको मौसमः एकदुई स्थानमा भारी वर्षाको सम्भावना

    • ७.
      पूर्वोत्तर भारतका आदिवासी समुदाय : संस्कृति, संघर्ष र आर्थिक रूपान्तरणका चुनौतीहरू

    • ८.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.