दाङ । दाङको घोराही उपमहानगरपालिका–३ भैसकुर्मामा राष्ट्रिय जनमोर्चाको भेला सम्पन्न भएको छ । शनिवार भएको भेलाले १३ सदस्यीय भैसीकुर्मा टोल समिति गठन गरेको छ ।
Advertisement
राजमो केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष गणेश आचार्यको विशेष उपस्थितमा भएको भेलाले उक्त समिति गठन गरेको हो ।
समितिको अध्यक्षमा केशव आचार्य, उपाध्यक्ष खीमा दमाई, सचिव सन्देश पौडेल, सहसचिव रेशम महरा, कोषाध्यक्ष पुष्पा महरा, सदस्यहरू चिन्ताबहादुर सुनार, कमला केसी, सरस्वती महरा, सबीना महरा, गोमा पुन, यमी आचार्य, इन्द्रा पौडेल र हेमा महरा रहनु भएको छ ।
कार्यक्रममा राजमो जिल्ला सदस्य मेघराज भट्टराईको समेत उपस्थिति रहेको थियो ।
राजमोले संघीयता विरुद्धको राजधानी केन्द्रित आन्दोलनको तयारीको शिलशिलामा गाउँ गाउँमा भेला, प्रशिक्षण, समिति निर्माण लगायतका कार्यक्रम गरिरहेको छ ।