वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा ५ सय शय्याको भवन निमार्णका लागि दबाब दिन चिकित्सकहरू धर्ना बसेका छन्।
Advertisement
आज बिहानबाट वीरगञ्जको नारायणी अस्पताल भवन निर्माण संघर्ष समिति धर्नामा बसेको हो। निर्माणको लागि टेन्डर भएपनि लामो समयदेखि निर्माण कार्य सुरु नभएको हुनाले बाध्य भएर धर्ना कार्यक्रम गर्न लागिएको संघर्ष समितिका संयोजक डा निरजकुमार सिंहले बताए।
उनका अनुसार विगत लामो समयदेखि प्रयासरत रहँदा पनि नारायणी अस्पतालको भवन निमार्ण हुन सकेको छैन। तर नेपालका अन्य केन्द्रीय अस्पतालहरूमा ५ सय शय्याको भवन निमार्ण भई कार्य सञ्चालन समेत भइसकेको बताए।
नारायणी अस्पताल, वीरगञ्जको हाताभित्र ५ सय शय्याको नविन भवन निमार्णका लागि दबाब दिन आज बिहान ११ बजे शान्तीपूर्वक धर्नामा बसी विरोध गरेको सिंहले बताए।