काठमाडौं । शनिबार बिहानै कोरोना संक्रमणका ३२ बिरामी थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार बिहान ८ः४० बजे जारी गरेको विज्ञप्तिमा थप ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या ५ सय ४८ पुगेको छ ।
सर्लाहीमा मात्रै १३ संक्रमित थपिएका छन् । गोडैता र कविलासी नगरपालिकाका २० वर्षका ३ जना, २६ र ३५ वर्षका २/२ जना, १८, २१, २२, २३, २८ र ३३ वर्षका १/१ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यस्तै आज थपिएका संक्रमितमध्ये रूपन्देहीका ८ जना छन् । यी व्यक्ति गैडहवा र रोहिणी गाउँपालिकाका हुन् । जसमा २०, २४ र ३० वर्षका २र२ जना र २४ र ५५ वर्षका १/१ जना छन् ।
यस्तै आज कपिलवस्तुमा पनि ८ कोरोना संक्रमित थपिएका हुन् । वाणगंगा नगरपालिकाका १७, १९, २२, २७, २९, ३५, ४० र ४२ वर्षका एकरएक जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
यस्तै आज काठमाडौंमा ३५ वर्षीय पुरुष, चितवनको भरतपुर–६ का ५२ वर्षीय पुरुष र बाराको करैयामाई गाउँपािलकाकी ३७ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज थपिएका ३२ संक्रमितमा कपिलवस्तु वाणगंगाकी २७ वर्षीया र बाराको करैयामाई गाउँलिकाकी ३७ वर्षीया महिलाबाहेक सबै पुरुष हुन्।
