खिमराज चालिसे (चन्डिगढ)
सल्यानका रामबहादुर केसीको श्रीमती वर्ष ४२ का कमला केसीले घरमा रहेको गरगहना, कागज पत्र र नगद गरि करिब २० लाखको रकम लिएर अर्कोसँग फरार भएपछि उनको खोजीमा सहयोग गरिदिन मूल प्रवाहलाई आग्रह गरिएको छ ।
Advertisement
रामबहादुरले मूल प्रवाहलाई दिएको निवेदन अनुसार रोजगारको लागि कतार गएको मौका पारी करिब बिस लाख बराबरको चल–अचल सम्पत्ति र महत्वपूर्ण कागजपत्रसमेत लगेर फरार भएको आरोप लगाएका छन ।
श्रीमानका अनुसार रोल्पा जिल्लाको पेदिखोला रातामाटाका चन्द्र भण्डारीसँग भागेर भारतको हिमाचल राज्यको रोहडु अथवा ठेउ भन्ने स्थानतिर रहेको आशंका गरेका छन ।
उनिहरू भेटिएमा नजिकको मूल प्रवाहको कार्यालय अथवा रामबहादुर खत्री ९१८०९१३७२३५९ र सन्जु खत्री ९१७६८१९५१८३८ मा खबर गरिदिन अनुरोधसमेत गरिएको छ।