• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, असोज ०४, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

सहकारीमा ठगीको जालो पुस्तक विमोचन

दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

आसियान आर्थिक बैठकमा दिगो वृद्धि र नवप्रवर्तनलाई प्राथमिकता

लोकप्रिय समाचार

  • १. जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

  • २. मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

  • ३. ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

  • ४. दाङबाङ : पहिचान, भूगोल र सम्भावना

  • ५. मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

  • ६. मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

  • ७. मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ असोज ४ गते विमोचन हुँदै

  • ८. जेनजी प्रदर्शनका लागि अमेरिकाले के कस्ता तयारी गरेको थियो ?

  • ९. सर्वदलीय बैठक जारी

  • १०. बाढीपीडितका लागि राहत सङ्कलन गर्दै लुधियानामा तिजी कार्यक्रम

कोरोना भाइरसबारे कस्तो अनुसन्धान गर्दैछन् नेपाली वैज्ञानिकहरू ?


  •   शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
  • काठमाडौं । नेपालमा पाइएको कोरोनाभाइरसको अनुवांशिक संरचना र संक्रमितहरूमा देखिएको रोगप्रतिरोधी क्षमतासहित विभिन्न विषयमा वैज्ञानिक अनुसन्धान अघि बढाउन लागिएको नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिवले बताएका छन्।

    Advertisement

    स्वास्थ्य मन्त्रालयको उक्त अनुसन्धान परिषद्ले नेपालमा स्वास्थ्यसँग सम्बन्धित रहेर गरिने सबै खालको अनुसन्धान गर्ने जिम्मेवारी पाएको छ।

    सो परिषद्ले हालसम्म ३३ वटा विभिन्न अनुसन्धान प्रस्तावलाई स्वीकृति दिइसकेको छ भने आफ्नै अग्रसरतामा १० वटा अनुसन्धान अघि बढाउँदैछ।

    विज्ञहरूले चाहिँ नेपालमा भाइरसहरूसँग जोडिएका कतिपय अध्ययन तथा अनुसन्धान गर्न प्रविधि र स्रोत साधनको अभाव रहेको औँल्याएका छन्।

    सरकारी स्तरको अनुसन्धान
    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव प्रदीप ज्ञवालीका अनुसार परिषद्ले विभिन्न निकाय र सङ्घसंस्थाले प्रस्तुत गरेका ३३ वटा अनुसन्धानको प्रस्ताव अनुमोदन गरिसकेको छ भने आफैँ १० वटा अनुसन्धान अघि बढाउन लागेको छ।

    विभिन्न तहमा रहेका अस्पतालको अवस्था र तयारी, कोभिड–१९ बारेको सर्वसाधारणको बुझाइ, क्वारन्टीनमा रहेका मानिसको मनोवैज्ञानिक अवस्था, अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मीको मानसिक अवस्था, विदेशबाट फर्किएका व्यक्तिमा देखिएका कोरोनाभाइरसको लक्षण र बजारमा उपलब्ध द्रूत परीक्षण किट आरडीटीको प्रभावकारिताबारे परिषद्ले अध्ययन अघि बढाएको छ।

    ज्ञवालीले नेपालमा कोरोनाभाइरससको संक्रमणबाट निको भएका व्यक्तिको रगतबाट प्लाज्मा निकालेर ‘प्लाज्मा थेरपी’ विधिबाट कोरोनाभाइरसको उपचार गर्ने विधिबारे अनुसन्धान अघि बढाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अनुमति दिएको जानकारी दिए।

    उनी भन्छन्, ‘यो अनुसन्धानअन्तर्गत निको भएको व्यक्तिको रगतबाट प्लाज्मा निकालेर त्यहाँ उत्पादित एन्टीबडी संक्रमण देखिएका व्यक्तिहरू दिने भन्ने कुरा छ। कसरी गर्ने भन्ने विधि र आचारसंहिताबारे पनि कुरा गरिरहेका छौँ। यो अनुसन्धान चाँडै अघि बढाउन सकिने अवस्था देखिन्छ।’

    उनका अनुसार संक्रमण देखिएका व्यक्तिबाट नमुना सङ्कलन गरेर कोरोनाभाइरसको आनुवंशिक संरचनाको (जीन) सिक्वेन्सको अध्ययन गरी बिरामीको प्रतिरक्षा विज्ञानबारे अनुसन्धान गर्ने सोच बनाइएको पनि उल्लेख गरे।

    यो अध्ययनबाट नेपालमा देखिएको कोरोनाभाइरसको शक्ति र संक्रमणको स्वरूप जानकारी पाउन सकिने उनको भनाइ छ।

    नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कम्तीमा ५० जना कोरोनाभाइरस संक्रमितहरूमा यो अध्ययन गर्ने योजना बनाएको र यसका लागि परिषद्अन्तर्गत रहेको आचारसंहिता हेर्ने निकायबाट अनुमोदन प्राप्त गरिसकेको सदस्यसचिव ज्ञवाली बताउँछन्।

    त्यसबाहेक विश्व स्वास्थ्य सङ्गठनले ऐक्यबद्धता जनाएका औषधि र खोपको क्लिनिकल परीक्षणबारे पनि वैज्ञानिक अध्ययन गर्न लागिएको छ।

    निजी क्षेत्रले सिफारिस गरेको औषधि वा खोपमा जाने मनसाय नरहेको भन्दै परिषद्का सदस्यसचिव ज्ञवालीले हाल अमेरिकी नियामक निकायले परीक्षणका लागि अनुमति दिइएको रेम्डेसिभिर औषधिको परीक्षण गर्न सकिनेबारे पनि छलफल भइरहेको जानकारी दिए।

    परिषद्ले अरूलाई अनुसन्धान गर्न स्वीकृति दिएका भनिएका अनुसन्धानहरू कोरोनाभाइरससँगै देखिएका मनौवैज्ञानिक समस्या, क्वारन्टीनका चुनौती, अस्पताल र कार्यस्थलमा देखिएका असहजता जस्ता विषयसँग सम्बन्धित छन्।

    त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागका प्रमुख मेघराज बन्जाराका अनुसार विभागका वैज्ञानिकहरूले कतिपय अनुसन्धानमा परिषद्लाई सघाइरहेका छन्।

    उनी भन्छन्, ‘हामी नेपालमा देखिएको भाइरसको आनुवंशिक चरित्र र अरू देशको भाइरसको चरित्र कस्तो छ भनेर परिषद्सँगै अध्ययनमा संलग्न छौँ। त्यसबाहेक हालसम्म नेपालमा कोरोनाभाइरसका कारण ज्यान गुमाएका व्यक्तिमा देखिएको भाइरसको चरित्र र अरू व्यक्तिमा देखिएका सङ्क्रमणलाई पनि दाँज्न सकिन्छ कि भनेर हेर्न खोजिरहेका छौँ।’

    ‘परिषद्‌बाट कागजी प्रकिया पूरा हुनेबित्तिकै यी अनुसन्धान अघि बढ्छन्।’

    बन्जाराले यस्ता अनुसन्धान अघि बढाउन नेपालमा स्रोतसाधनको चुनौती रहेको पनि बताए। बीबीसी

    शुक्रबार, जेठ ०९, २०७७ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड
    हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि
    रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी
    ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान
    इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर
    मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      जेनजी आन्दोलनले असर नपारेको पार्टी मसाल मात्रै हो : शर्मा

    • २.
      मलेसिया एकता समाजको आठौँ राष्ट्रिय भेला सम्पन्न

    • ३.
      ‘१२ मई’ नाटकको मूलस्वर : क्रान्ति जारी छ (समीक्षा)

    • ४.
      दाङबाङ : पहिचान, भूगोल र सम्भावना

    • ५.
      मुस्ताङको युरेनियम उत्खनन् सम्झौता सार्वजनिक गर्न राष्ट्रिय जनमोर्चाको माग

    • ६.
      मुस्ताङको युरेनियमसित साम्राज्यवादी षड्यन्त्र जोडिएको हुन सक्ने सम्भावनाप्रति मसालको ध्यानाकर्षण

    भर्खरै

    • १.
      ‘सहकारी ठगीको जालो’ विमोचन : दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने नेताहरूको जोड

    • २.
      हङकङका पूर्वनेता तुङ ची–ह्वाको राजकीय सम्मानका साथ अन्त्येष्टि

    • ३.
      रियादमा हुथी आक्रमणपछि मध्यपूर्वमा द्वन्द्व बढ्न सक्ने अमेरिकाको चेतावनी

    • ४.
      ड्रोन र साइबर आक्रमणबीच रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान

    • ५.
      इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर

    • ६.
      मनोज भट्टद्वारा लिखित पुस्तक ‘सहकारीमा ठगीको जालो’ विमोचन

    • ७.
      सहकारीमा ठगीको जालो पुस्तक विमोचन

    • ८.
      दक्षिण फिलिपिन्समा सुरक्षाकर्मीसँगको झडपमा छ जना मारिए

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.