• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
शुक्रबार, कार्तिक १३, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

सरकारद्वारा एनप्याब्सन निलम्बित

इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने

लोकप्रिय समाचार

  • १. देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

  • २. स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

  • ३. नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

  • ४. दिमाग, तँ कहाँ गा’को थिइस्

  • ५. राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

  • ६. अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

  • ७. चन्डीगढमा लुटिए चार नेपाली, तीनको उद्धार, एक अझै बेपत्ता

  • ८. रङ्गीन फूलको एउटै माला बनाऔँ

  • ९. हिमाचलका नेपालीको दुर्घटना तथा स्वास्थ्य बिमा गर्न मूल प्रवाहको माग

  • १०. गुल्मी स्कार्पियो दुर्घटनामा छ जनाको मृत्यु, तीन घाइते

सङ्घीयताको अनावश्यक खर्च देशले धान्न नसक्ने


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • बुटवल । सङ्घीयताको अनावश्यक खर्च देशले धान्न नसक्ने धारणा रुपन्देहीका राजनीतिक दलका नेता तथा बुद्धिजीवीहरूले व्यक्त गरेका छन् ।

    Advertisement

    २०८१ माघ ५ गते शनिबार अखिल नेपाल बुद्धिजीवी सङ्घ रुपन्देहीद्वारा आयोजित ‘सङ्घीयता र लोकप्रियतावाद नेपालका लागि घातक’ विषयक अन्तरक्रिया कार्यक्रममा विचार अभिव्यक्त गर्दै उनीहरूले सो धारणा व्यक्त गरेका हुन् ।

    कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टले नेपालको सन्दर्भ सङ्घीयता आवश्यक नरहेको बताउनुभयो ।

    उहाँले सङ्घीयताले अनावश्यक खर्च बढाएकाले देशले त्यसलाई धान्न नसक्ने धारणा राख्नुभएको हो ।

    प्रदेशको आम्दानीभन्दा खर्च निकै धेरै भएकाले सङ्घीयता देशका लागि सबैभन्दा घातक रहेको बताउँदै उहाँले प्रदेशको काम के हो भन्दै प्रश्न गर्नुभयो ।

    उहाँले भन्नुभयो–’ऋण काढेर देशले सङ्घीयता धान्न सक्दैन । यस्तो आवश्यक पनि छैन ।’

    अधिकांश नेपाली जनताको माग सङ्घीय प्रदेश खारेजी रहेको बताउँदै महासचिव भट्टले राष्ट्रिय जनमोर्चाले सङ्घीयता खारेजीको लागि आउँदो चैत २४ गते देखि ३० गतेसम्म काठमाडौँकेन्द्रित आन्दोलन गर्न थालेको दाबी गर्नुभयो ।

    त्यस्तै, लोकप्रियतावाद बेलाबेलामा खतरनाक रूपमा आउने गरेकोसमेत उहाँको भनाइ थियो ।

    मार्क्सवादी विचार मञ्चका महासचिव विनबहादुर कुँवरले सङ्घीयता नेपालको सन्दर्भमा ठिक नभएको बताउनुभयो ।

    नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रतिनिधि विष्णु खत्रीले मन्तव्य राख्दै लोकप्रियतावादको बढ्दो प्रभावले देशका सामु चिन्ता थपिएको बताउनुभयो ।

    प्राडा हिरण्यलाल ज्ञवालीले लोकप्रियतावाद र सङ्घीयता अलग अलग विषय भएकाले शीर्षक पनि अलग अलग राखेर बहस चलाउन सुझाव दिनुभयो ।

    नेकपा विप्लव पक्षका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सेक्रेटरी वीरेन्द्र सीले सबै वामपन्थीले आआफ्नो भूमिकाको समीक्षा गर्नुपर्ने बताउनुभयो ।

    कार्यक्रममा नेकपा (एमाले) का लुम्बिनी प्रदेश सदस्य जुद्धबहादुर विक, नेकपा (माओवादी केन्द्र) का प्रतिनिधि डा कृष्ण खनाल र क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता प्रेम सुवेदीले सङ्घीयताको आवश्यक रहेको बताउनुभयो ।

    बुद्धिजीवी सङ्घका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्लाका अध्यक्ष लीला केसीले कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

    कार्यपत्रमाथि प्रगतिशील लेखक रामचन्द्र श्रेष्ठ, प्राध्यापक ईश्वरीप्रसाद बस्याल, नेपाल पत्रकार महासङ्घ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डे र बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि अर्यालले टिप्पणी गर्नुभएको थियो ।

    सो अवसरमा वरिष्ठ अधिवक्ता तेजप्रसाद कँडेल, प्राडा बाबुराम ज्ञवाली र नेपाल वार एसोसियन बुटवलका अध्यक्ष गोविन्द मरासिनीले पनि आआफ्ना धारणा राख्नुभएको थियो ।

    हेमराज शर्माको अध्यक्षतामा अघि बढेको सो कार्यक्रमको सञ्चालन गोपाल गैरेले गर्नुभएको थियो ।

    शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने
    सरकारद्वारा एनप्याब्सन निलम्बित
    जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर
    शनिबार अपराह्नपछि अर्नबको प्रभाव कम हुने
    नेपाल र बङ्गलादेशको एलडिसी स्तरोन्नति अवधि थप
    अन्डाको होलसेल मूल्य बढ्यो, खुद्रा यथावत्

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      देविराम आचार्यप्रति मसालको श्रद्धाञ्जली

    • २.
      स्वर्णिम वाग्लेको दिल्ली अभिव्यक्तिमाथि मनोज भट्टको आपत्ति : ‘नेपाली राष्ट्रियतामाथिको अवमूल्यन’

    • ३.
      नेपालमा विदेशी चलखेलबारे अध्यक्ष केसीको व्यङ्ग्य : ‘रस खाने को छ को छ, लर्खराउने गाइने !’

    • ४.
      दिमाग, तँ कहाँ गा’को थिइस्

    • ५.
      राष्ट्रिय जनजातिसभाको प्रथम बैठक बुटवलमा सुरु

    • ६.
      अर्घामा राजमोको विशाल सभा सोमबार, अध्यक्ष केसीले सम्बोधन गर्दै

    भर्खरै

    • १.
      सर्वोच्चको फुलकोर्ट बैठक निस्कर्षहीन, सोमबार फेरि बस्ने

    • २.
      सरकारद्वारा एनप्याब्सन निलम्बित

    • ३.
      इथियोपियामा ड्रोन आक्रमण हुँदा बालबालिकासहित १४ जनाको मृत्यु

    • ४.
      हर्मुज घाँटीमा बारुदी सुरुङ विस्फोट

    • ५.
      हिंसा बढेपछि कोलम्बियामा सेना परिचालन

    • ६.
      शिक्षा र महँगी विरुद्ध इटलीमा विद्यार्थी प्रदर्शन

    • ७.
      उत्तर कोरियाद्वारा एआईयुक्त ड्रोन र रकेट प्रदर्शन

    • ८.
      जलवायु सङ्कटको प्रभाव भौगोलिक सीमाबाहिर

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.