बागलुङबजार । बागलुङ जिल्ला काठेखोला गाउँपालिका–४ तङ्ग्रामस्थित धारा माध्यमिक विद्यालयमा स्काउट ट्रुप दीक्षान्त समारोह सम्पन्न भएको छ ।
२०८१ माघ १ गते मङ्गलबार धारा मावि सांस्कृतिक विभागको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि गाउँपालिकाका अध्यक्ष तथा नेपाल स्काउट स्थानीय संरक्षक राजु थापा तथा विशिष्ट अतिथि गाउँपालिकाका उपाध्यक्ष तथा स्थानीय स्काउटका अध्यक्ष तेजबहादुर थापा हुनुहुन्थ्यो ।

कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिको साथै अन्य विशिष्ट अतिथिहरू गाउँकार्यपालिका सदस्य टीकासङ्गम विक, सदस्य सुन्तली विक र ४ नम्बरका तङ्ग्रामका वडाअध्यक्ष लक्ष्मण पुनले मन्तव्य राख्नुभएको थियो ।
सो अवसरमा संरक्षक राजु थापा, अध्यक्ष तेजबहादुर थापा, प्रमुख प्रशासकीय अधिकृत होमनाथ गौतमले प्रधानाध्यापकसहित ३२ जना विद्यार्थीलाई दीक्षान्त गर्नुभएको थियो ।

सोही कार्यक्रममा सांस्कृतिक विभागद्वारा विविध सांस्कृतिक कार्यक्रमसहित अर्धवार्षिक परीक्षाको नजिता प्रकाशन तथा पुरस्कार वितरण, अतिरिक्त विभागको एक शुक्रबारे एक कार्यक्रमअन्तर्गत पुरस्कार तथा सिकाइ परियोजनाबाट प्रदान गरिएको पुरस्कार पनि वितरण गरिएको थियो ।
प्रमुख प्रशासकीय अधिकृत गौतमको अध्यक्षता तथा गाउँपालिकाका सदस्य प्रजापति गौतमको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा प्रधानाध्यापक कमला थापाले स्वागत गर्नुभएको थियो ।
