काठमाडौँ । अखिल (छैठौं) ले पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र ढुङ्गानाकी आमा पार्वती ढुङ्गानाको निधन भएकोमा भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेको छ ।
अध्यक्ष सुवास जिसीको हस्ताक्षरमा २०८१ माघ १ गते मङ्गलबार शोकवक्तव्य जारी गर्दै अखिल (छैठौं) ले श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको हो ।
शोकवक्तव्यमा स्मृतिशेष पार्वतीप्रसित उच्च सम्मान प्रकट गरिएको छ ।
यस्तो छ, शोकवक्तव्यको पूर्ण पाठ :
“अखिल (छैठौं) का पूर्व केन्द्रीय अध्यक्ष राजेन्द्र ढुङ्गानाकी ८२ वर्षीया आमा पार्वती ढुङ्गानाको निधन भएको खबरले हामी स्तब्ध भएका छौँ । हामीले मृतक आमाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौँ ।
बागलुङ जिल्ला बरेङ गाउँपालिका–९ धुल्लुबासकोटबाट बसाइँ सरी हाल चितवन जिल्ला भरतपुर–९ दुर्गाटोलमा बस्दै आउनुभएका आमा पार्वतीको २०८१ पुस २९ गते साँझ ७ बजे फोक्सोसम्बन्धी समस्याको उपचारको क्रममा भरतपुर अस्पतालमा निधन भएको थियो ।
उहाँको समाजसेवाप्रतिको निष्ठा अत्यन्तै अविस्मरणीय रहेको छ । त्यही पारिवारिक निष्ठा र समर्पणका कारण नै उहाँको छोरा राजेन्द्र ढुङ्गाना अविचलित राजनीति र समाजसेवाको अभियानमा निरन्तर क्रियाशील हुनुहुन्छ । हामीले स्मृतिशेष आमाप्रति उच्च सम्मान प्रकट गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”